Amargadhi Post

सुदुरपश्चिम प्रदेश सरकारका कानुन मन्त्रीको दुई दिने डडेल्धुरा भ्रमणमा के के कार्यक्रम भए ?

मानबहादुर साँउद
डडेल्धुरा,बैसाख,२८ गते । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरासिह सार्कीको दुई दिने डडेल्धुरा भ्रमण सकेर आईतबार दिउसो प्रदेश राजधानी फर्किएका छन । उनी दुई दिन डडेल्धुरामा बस्दा कहाँ कहाँको कार्यक्रममा सहभागी भए र के कस्ता उपलब्धीहरु रहे यसको समिक्षा हुन जरुरी छ । सुदुरपश्चिम प्रदेश सरकारका सरल,सहज र मिजासिला स्वभाबका रुपमा परिचित मन्त्रीले जनता र सेवाग्राहीका समस्या गुनासाहरु सहज रुपमा ग्रहण गर्दे सक्दो सहयोगको प्रतिबद्धता जनाएपछि स्थानीयबासीका बिचमा मन्त्रीको चर्चा र परिचर्चा हुनु स्वभाबिकै थियो ।


डडेल्धुरामा शनिवारबाट सुरु भएको एफएम रेडियोमा कार्यरत पत्रकारहरूको क्षमता विकास सम्बन्धी दुई दिने तालिमको उद्घाटन गर्न डडेल्धुरा पुगेका मन्त्री सार्कीले पत्रकारहरुको तालिममा आमसंचार बिद्येयक छिटटै पास हुने गरि काम भईरहेको बताएपछि पत्रकारहरुमा केही आश जागेको छ ।
नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा भएको तालिमको उद्घाटन कार्यक्रममा बोल्नुहुदै उहाँले आमसंचार निति नबन्दा पत्रकारहरुका समस्याहरुको समाधान गर्न कानुनी जटिलता उत्पन्न भईरहेको बताउनुभयो । संचारमैत्री कानुन निर्माण गरेर आमसंचार निति पास गरौं र छिटटै प्रदेशमा प्रेश रजिष्ट्रारको कार्यालय स्थापना गरेर पत्रकारहरुका समस्याहरुको पहिचान र समाधान गर्न सहज हुने उनको तर्क थियो ।
पत्रकारीता समाजको ऐना हो पत्रकार बिनाको सहयोग र सहकार्यले मुलुकको परिबर्तन र बिकास सम्भब नभएको जिकिर गर्नुहुदै मन्त्री सार्कीले निष्पक्ष भएर पत्रकारीतामा कलम चलाउनु पर्नेमा जोड दिनुभयो । शुक्रबार राती डडेल्धुरा आईपुग्नु भएका मन्त्री सार्कीले ९ वटै जिल्लाका रेडियो पत्रकारहरुको तालिमलाई महत्व दिएर दुई दिन डडेल्धुरा बसाई सकेर आजै कैलाली फकिनु भएको छ ।
दुई दिनको बसाईमा कहा कहा सहभागी भए मन्त्री सार्कीे ?
बारएसोसियन डडेल्धुराद्धारा मन्त्रीको स्वागत कार्यक्रम
डडेल्धुरा जिल्ला बार इकाईको नबनिर्बाचित जिल्ला कार्य समितिले आईतबार बिहान स्वागत कार्यक्रमको आयोजना गर्दे मन्त्री हिरासिह सार्कीलाई ज्ञापनपत्र बुझाउनुभयो । जिल्ला बार इकाई डडेल्धुराका अध्यक्ष अधिबक्ता तुलाराम बोहराको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा मन्त्री सार्कीले कानुनी साक्षरताका कक्षाहरु संचालन गर्न आग्रह गर्नुभयो ।


कानुनका बिषयमा अनबिज्ञ रहेका जनताका माँझमा कानुन ब्याबसायीहरुले सचेतनापुर्ण अभियान थाल्नुपर्नेमा उहाँले जोड दिनुभयो । जिल्ला बार इकाई डडेल्धुराका पुर्ब अध्यक्ष एबम अधिबक्ता हरिप्रशाद भट्टले समग्र कानुन ब्याबसायीको दक्षता अभिबृद्धी संगैं आम नागरिकलाई कानुनी सचेतना अभियान थालनीका लागी आर्थिक सहयोग गर्न मन्त्रीलाई आग्रह गर्नुभयो ।
सुदुरपश्चिमको सात पहाडी जिल्लाको केन्द्रबिन्दुमा रहेको जिल्ला बार इकाईको भबन निर्माण कार्य अधुरो रहेकाले आगामी बजेटमा समेटी दिन समेत मन्त्रीलाई अधिबक्ता भटटको आग्रह थियो । मन्त्री सार्कीले ज्ञापनपत्र बुझदै सक्दो सहयोग गर्ने बिश्वास दिलाउनु भयो । कार्यक्रमको संचालन अधिबक्ता ओमप्रकास साँउदले गर्नुभएको थियो भने स्वागत मनतब्य अधिबक्ता गोबिन्दराज जोशीले गर्नुभएको थियो ।


मन्त्रीद्धारा स्याउले ट्राफिक प्रहरी कार्यालयको निरिक्षण
आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिह सार्कीले आईतबार दिउसो जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराको निरिक्षण गर्दे आबश्यक सहयोग गर्ने बताउनु भएको छ । सुदुरपश्चिमको सात पहाडी जिल्लाको मुख्यद्धारमा रहेको स्याउले ट्राफिक प्रहरी कार्यालयको निरिक्षण गर्दे ट्राफिक प्रहरीका समस्याहरुका बिषयमा जानकारी लिनु भएको थियो । ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब निरिक्षक हर्कबहादुर साँउदले जनशक्तिको अभाब सगैं बस्नका लागी उचित कार्यालयको ब्यबस्थापन नहुँदा निकै समस्या झेल्नु परिरहेको गुनासो गर्नुभयो ।


सात पहाडी जिल्लाको प्रबेशद्धारा हुदाँ ट्राफिक प्रहरीको बढी जिम्मेवारी छ तर यहाँ बस्न र डियुटी गर्नका लागी उचित कार्यालय र पोष्ट नहुदाँ प्रभाबकारी रुपमा काम गर्न नसकिएको बताउनु भएको छ .मान्छेको जिउधनको सुरक्षा सगैं सवारी साधन दुर्घटना हुनबाट जोगाउनका लागी आफुहरु हरबेला तैनाथ भईरहेको बताउनुहुदै प्रहरी नायब निरिक्षक साँउदले चेकजाँच र सचेतनापुर्ण कार्यक्रमलाई प्रभाबकारी रुपमा संचालन गरेर जोखिम न्युनिकरण हुनेमा बिश्वास ब्यक्त गर्नुभयो । डियुटीकै अगाडीको सडक पिच नहुदाँ धुलोधुवाको सास्ती खेप्नु परेको समस्या उजागर गर्दे सडक पिच, खानेपानी, शौचालय, यात्रु प्रतिक्षालय र कार्यालय स्थापनाका लागी बजेट बिनियोजन गर्न मन्त्री सार्कीलाई आग्रह गर्नुभएको थियो । ट्राफिक प्रहरी कार्यालयमा स्वागत गर्नुहुर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा,जनशक्ति,सवारी दुर्घटना र प्रहरीका लागी बासको ब्यबस्था सहित डियुटी पोष्ट भबनहरुको अभाबले समस्या झेल्नु परिरहेको जानकारी गराउनु भएको थियो ।
मन्त्री सार्कीले शान्ति सुरक्षा र जनधनको क्षती हुन नदिन प्रहरी प्रशासन चनाखो भएर जिम्मेवारी बहन गर्न निर्देशन दिनुभएको थियो । यसैगरी मन्त्री सार्कीले अजयमेरु भद्रपुर सडकको स्थलगत अनुगमन गर्दे जनतालाई सहज हुने गरि सडक निर्माण गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन । बजेटको सिमाभित्र रहेर गुणस्तरीय काम गरि समयमै सडक निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई मन्त्री सार्कीले सचेत गराउनु भएको छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।