Amargadhi Post

डडेल्धुरामा कन्टेनरमै ट्राफिक प्रहरी प्रमुखको कार्यालय मन्त्रीले गरे अनुगमन

लोकेन्द्र ओझा
डडेल्धुरा । डडेल्धुरामा कन्टेनरमै ट्राफिक प्रहरी प्रमुखको कार्यालय बषौं देखि सञ्चालनमा छ । आईतवार सुदुरपश्चिम प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले नागरिकको अनुरोधमा डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वार्ड नंं १ स्थित स्याउले ट्राफिक प्रहरी अस्थाई कार्यालयको स्थलगत अनुगमन गर्नु भएको छ ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा डडेल्धुरा जिल्लमा आयोजित प्रदेस स्थरिय एफ।एम रेडियोका सञ्चालक तथा स्टेशन म्यानेजरहरूको दुईदिने क्षमता अभिवृद्धि तालिमको उद्धघाटनको क्रममा डडेल्धुरा आई पुग्नु भएका मन्त्रीले स्याउले ट्राफिक प्रहरी कार्यालयको समेत स्थलगत अनुगमन गर्नु भएको थियो ।
अनुगमनको क्रममा मन्त्री सार्कीले अस्थाई कार्यालय भएको ठाँउनै उपयुत्त भएको वताउनु भयो । वहाँले लामो समयसम्म कार्यालय हुन नसक्नु दुखद कुरा भएको भन्दै निकै महत्वका साथ यस बारेमा छलफल गर्नुृ भएको छ । आगामि दिनमा जमिनका लागि पहलगरी आवस्यक कागजात सहित मन्त्रालयमा सम्पर्क गर्न निर्देशन दिनु भएको छ ।
वहाँले भन्नु भयो कार्यालयको लागि सरकारले सामुदायिक वनको नाममा रहेको जमिनमा बजेट हाल्न मिल्दैन जिल्ला स्थित सरोकार वाला निकायसंग आवस्यक परामर्षगरी उचित स्थानमा कार्यालय राख्न कानुनि रुपमा सबै कागजातहरु तयारपारी बहुवर्षे योजनाका रुपमा पनि यस्लाई अगाढी वढाउन सकिन्छ ।
प्रहरी सबैकालागि आवस्यक रहेकाले भवन निमार्णका तिन तहकै सरकार संग समन्वय गर्न सकिने जानकारी दिनु भयो । आवस्यकताका आधारमा आगामि वर्षको बजेट तयागरिने हुदा यस्ता अति आवस्यक योजना रितपुर्वक माग भईआएमा एक वर्ष तथा बहुबर्षे योजनाको रुपमा भवन वनाउन सकिने बिस्वास ब्यक्त गर्नु भयो ।
यस्तै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले डडेल्धुरा जिल्लाको शान्ति सुरक्षा तथा भौतिक अवस्था वारे जानकारी दिनु भयो । सुदुरपश्चिम प्रदेस सरकारको चालु आर्थिक वर्ष २०८१ ̸ ०८२ को आन्तरिक मामीला तथा कानुन मन्त्रालय अन्तरगतको वजेटमा उल्लेख गरिएको रकम अन्तिम चौमासिक सम्म पनि सम्झौता हुन नसकेको जानकारी दिनु भयो ।
श्रेष्ठले भन्नु भयो गन्यापधुरा गाँउपालिकाको वार्ड नंं ३ सकायल वजारमा रहेको प्रहरी चौकी निकै जिर्ण अवस्थामा छ । नयाँ भवनकालागि पहल गरेका थियौं सकायल प्रहरी चौकीका नाममा वजेट छुट्याएको ३० लाख रकमको ठेक्का हुन नसकेकोले मन्त्रालयले आवस्यक समन्वय गरिदीन हुन अनुरोध समेत गर्नु भयो ।
जिल्ला ट्राफिक कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक हर्क बहादुर साँउदले जग्गा तथा भवनका लागि निरन्तर पहल गर्दा कुनै क्षेत्रबाट पनि सहयोग प्रप्त नभएको जानकारी दिनु भयो । वहाँले भन्नु भयो मन्त्री ज्यु तपाईले देखि सक्नुभयो ट्राफिक प्रहरी प्रमुखको कार्यालय एक कन्टेनर भित्र सञ्चालन भइरहेको छ । सुदूरपश्चिम प्रदेशका दुई तराई जिल्ला कैलाली कञ्चनपुर र सात पहाडी जिल्ला अछाम, बाजुरा, डोटी,बझाङ, बैतडी, दार्चुला,डडेल्धुरा जोड्ने महत्वपूर्ण ‘ट्रान्जिट पोइन्ट’ स्याउलेमा अवस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुरा आवश्यक भौतिक संरचनाको अभावमा कन्टेनरमै सञ्चालन गरिरहेका छौं ।
साँउदले भन्नु भयो सीमित स्रोत साधनका बावजुद पनि ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको छ । जिल्ला ट्राफिक व्यवस्थापनका लागि हाल १६ जना ट्राफिक प्रहरी परिचालित छन्। जसअनुसार, पोखरा बजारमा दुई जना, सकायलमा एक जना, गाङ्खेतमा एक जना, जोगबुडामा दुई जना तथा स्याउले ट्राफिक कार्यालयमा १० जना प्रहरी कार्यरत छन ।
सडक निर्माणका क्रममा कोरियनहरूले काम नलाग्ने भन्दै छोडेको कन्टेनरलाई २०६३ सालमा ट्राफिक कार्यालयका रूपमा स्थापना गरिएको थियो । पछिल्ला १९ वर्षमा विभिन्न ट्राफिक प्रहरी इन्चार्जहरू खटिए पनि कार्यालयका लागि स्थायी संरचना निर्माण हुन सकेको छैन ।
कार्यालय प्रमुखको कार्यकक्ष, बैठक कक्षको अभाव छ । साथै ठूला यातायात साधनहरू नियन्त्रणमा राख्नका लागि आवश्यक पार्किङ स्थलको अभाव रहेको बताउनु भयो । उहाँले कुनै छानबिनका लागि ठूला यातायातका साधन नियन्त्रणमा लिनुपरेमा जिल्ला प्रहरी कार्यालयमा लैजानु पर्ने तथा मोटरसाइकल नियन्त्रण गर्दा समेत पार्किङ अभावको समस्या झेल्नुपरेको गुनासो गर्नुभयो । भौतिक संरचना अभावकै बीच वर्षौंदेखि यात्रुहरूको सुरक्षा तथा यातायात व्यवस्थापनमा ट्राफिक प्रहरी खटिएको भए पनि कार्यालयका लागि स्थायी संरचना नबन्दा समस्या झनै जटिल बन्दै गएको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।