लक्ष्मी ऐर
डडेल्धुरा,बैसाख ३१ गते । डडेल्धुरामा जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यही जेठ ६ र ७ गतेबाट संचालन हुने भएको छ ।
चालु आर्थिक वर्ष २०८१÷८२ को स्विकृत कार्यक्रम अनुसार १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जिल्ला सदरमुकाम स्थित टुडिखेल खेलमैदानमा संचालन हुने जनाएको हो । सात वटै पालिकाहरुलाई टिम सहभागिता र स्थानीय तह स्तरिय सम्पन्न प्रतिवेदन तथा खेलाडीहरुको नाम दर्ता फाराम र जन्म दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपिहरु जेठ २ गते दिउसो ३ बजेभित्र कार्यालमा पठाउनका लागी पत्रचार गरिएको जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारीले जानकारी दिनुभयो । जिल्लास्तरिय राष्ट्रपती रनिङ शिल्डबाट क्षेत्रीय र राष्ट्रिय खेलमा सहभागी हुनका लागी छर्नौट गरिने कार्यक्रम रहेकाले यसलाई महत्वका साथ लिईदिन हुन स्थानीय तहका प्रमुखहरुलाई आग्रह समेत गरिएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।






