लक्ष्मी ऐर
डडेल्धुरा,जेष्ठ २ गते । नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माओबादी केन्द्र सत्ताको फोहरी खेलमा नलाग्ने बताउनु भएको छ ।
प्रेश सेन्टर नेपाल डडेल्धुराको आयोजनामा शुक्रबार बिहान डडेल्धुरामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । मध्यपहाडी लोकमार्ग जागरण अभियान शुक्रबार बैतडीको पाटनमा उद्घाटन गर्न आईपुग्नु भएका पुर्ब प्रधानमन्त्री प्रचण्डले माओबादी केन्द्र सरकार बनाउने फाल्ने फोहरी खेलमा नलाग्ने स्पष्ट पार्नुभएको छ ।
माओबादीको अबको लक्ष्य ८४ कोे निर्बाचन हो सरकार बनाउने खेलमा लाग्दैन उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो— सरकार उल्टो दिशाबाट अघि बढीरहेकाले चिन्ता र चासो राखेको बताउनुभयो ।

तराई क्षेत्रमा हुलाकी राजमार्ग जागरण अभियान सम्पन्न गरेर अब मध्यपहाडी र पुष्पलालराज मार्ग जागरण अभियान सुरुवात गर्न बैतडी जान लागेको बताउनुहुदै प्रचण्डले जनतामा आईरहेको नैरश्यता हटाउन अभियानको थालनी भएको बताउनुभयो । देशमा भईरहेका भ्रष्टाचार र अनियमितता रोक्न कर्सै संग सम्झौता गर्नुहुदैन यो देशका लागी निकै घातक भएको भन्दै प्रचण्डले शुसासन र जनताका पक्षमा काम गर्न नसके मुलुक फेरी द्धन्द्धमा जाने खतरा रहेको बताउनुभयो ।
सुदुरपश्चिम प्रति केन्द्रीय सत्ताको बिभेदपुर्ण ब्यबहार भएको स्विकार गर्दै अध्यक्ष प्रचण्डले बिकास र समृद्धीका हिसाबले सुदुरपश्चिम सम्भाबना बोकेको प्रदेशका रुपमा हेरिएको बताउनुभयो । पत्रकारहरुको जिज्ञासामा अध्यक्ष प्रचण्डले काँग्रेस माओबादी बिचको सत्ता समिकरणको हल्ला निराधार रहेको र बामपन्थी गठबन्धपनि ८४ सम्म नहुने बताउनुभयो । अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीमा बरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ,अग्नी सापकोटा,पम्फा भुसाल,महासचिब देब गुरुङ,सुदुरपश्चिम प्रदेश इन्चार्ज गरिराजमणी पोखरेल लगायतको उपस्थिती रहेको थियो ।



