लक्ष्मी ऐर
डडेल्धुरा,जेष्ठ ३ गते । नेकपा एमाले डडेल्धुराले बिभिन्न कार्यक्रम गरेर मदन आश्रित स्मृती दिवस मनाईएको छ । एमाले डडेल्धुरा पार्टी कार्यालयमा मदन आश्रितको फाटोमा माल्यापर्ण गर्दे मदन आश्रितले देखाएको बाटामो हिडन सक्नुपर्नेमा जोड दिए । पोखराबाट पार्टी कार्यक्रम सकेर राजधानी फर्केने क्रममा चितवनको दासढु«गामा सवारी दुर्घटना भएर २०५० साल जेठ ३ गतेका दिन जननेता मदनभण्डारी र कुशल संगठक जिबराज आश्रितको मृत्यु भएको थियो ।
कार्यक्रममा नवीन विचारक जननेता मदन भण्डारीद्वारा प्रतिवादीत नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)ले विभिन्न मुलुकहरूमा अपनाईएका लोकतान्त्रिक अवधारणाहरू, मानव जातीद्वारा सिर्जित सामाजिक मूल्य तथा मान्यता एवं मानव अधिकारका विश्वव्यापि दृष्टिकोणहरूलाई अंगीकार गर्दै न्याय र समानतामा आधारित शोषणरहित समाज निर्माण लगायतका विषयहरुको स्मरणसहित छलफल गरिएको थियो ।
नेकपा एमाले परशुराम नगर कमिटिद्धारा आयोजित स्मृती दिवस कार्यक्रममा बोल्नुुहुदै नेकपा एमाले केन्द्रीय सदश्य तथा पुर्ब मन्त्री पठानसिह बोहराले स्वर्गीय नेता मदन भण्डारी र जीवराज आश्रितप्रति श्रद्धासुमन ब्यक्त गर्दै नेता भण्डारीको मार्ग प्रेरणदायी भएको उल्लेख गर्नुभएको छ ।
आम जनता कार्यकर्ताहरु र सर्वसाधारण नागरिकले जवजको महत्व बुझनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । कार्यक्रममा नेकपा एमाले डडेल्धुरा अध्यक्ष गजेन्द्र शाहीले जबजका प्रतिपादक जननेता मदनभण्डारीले देखाएको बाटोमा अहिले पनि पार्टी हिडिरहेकाले अझ यसलाइ परिष्कृत गरेर लैजानुपर्ने बताउनुभयो । डडेल्धुरा जिल्ला सदरमुकाम डडेल्धुरा र परशुराम नगर कमिटिको आयोजनामा स्मृती दिवसलाई बिचार बहस र संम्बादका रुपमा मनाईएको थियो ।
