अमरगढी पोष्ट समाचार
डडेल्धुरा,जेष्ठ ८ गते । डडेल्धुरामा संचालन भएको १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अनाबश्यक बिबाद सिर्जना भएको छ ।
परशुराम नगरपालिका र अमरगढी नगरपालिका बिचमा राष्ट्रपती रनिङ शिल्ड कसको पोल्टोमा पर्ने भन्ने बिषय नै मुख्य बिबादको जड भएको बिश्लेषण गरिएको छ । पुरुष भलिबल प्रतियोगिता तर्फ सेमी फाईनलमा परशुराम र अमरगढी भिड्ने निश्चित भएपछि अमरगढी नगरपालिकाको टिमले बखेडा झिकेर बिबाद सिर्जना गरेको परशुरामको आरोप छ । भलिबल बाहेक समग्र राष्ट्रपती रनिङ शिल्डको स्कोर परशुराम नगरपालिका र अमरगढी नगरपालिकाको बराबरी छ ।
दुबैले १९÷१९ स्कोर हात पारेको छ र निर्णायक पुरुष भलिबल प्रतियोगिता भएपछि अमरगढी नगरपालिकाको टिमले परशुराम नगरपालिकाको पुरुष भलिबल टिममा फर्जि खेलाडी भएको भन्दै उजुरी दर्ता गराएपछि बिबाद सिर्जना भएको थियो । परशुराम भन्दा अमरगढी एक अंकले अगाढी थियो अमरगढी १९ र परशुराम १८ थियो । कबडी प्रतियोगिताको सेमी फाईनलमा परशुराम र अमरगढी नै भिड्न पुगेपछि परशुरामले एक अकं थपेर १९ पुयाउन सफल भयो । अमरगढीलाई पराजित गरेर परशुराम नगरपालिकाले एक अंक थपेर बराबरीमा पुगेपछि भलिबल प्रतियोगिता झन अनिश्चित बन्यो । अमरगढीले कबडीमा जित हात पारेको भए २० स्कोर पुगेर शिल्ड बिजेता हुने र भलिबल प्रतियोगिताको बिबाद सहजै समाधान हुने परिस्थिती बन्ने दर्शकहरुको बिश्लेषण थियो ।
ठिक उल्टो भयो कबडीमा परशुरामले जित हात पारेपछि बिबाद झन बल्झीयो । खेलाडी फर्जिको बिषयमा दुबै पक्षका टिम क्याप्टेनको आ आफ्नै दाबी रहेपनि निर्णायक पक्ष र मुख्य आयोजक खेलकुद बिकास समिति अनिर्णयको बन्दी बन्न पुगेपछि दर्शकहरु समेत आयोजक प्रति आक्रोश ब्यक्त गरिरहेका छन । परशुरामका मुख्य खेलाडी फर्जि भएको आरोप लगाउदै अमरगढी टिमले उजुरीमा उल्लेख गरेको छ — बिद्यालय स्तरीय र पालिका स्तरीय प्रतियोगितामा भाग नलिएका खेलाडी समाबेश गरेको प्रति आपत्ती जनाउदै खेलाडी हटाउनु पर्ने माग राखेका छन । खेल जित्नका लागी फर्जि खेलाडी ल्याएकाले हटाउनुपर्ने माग उठाएपछि परशुराम नगरपालिकाको टिमले फर्जी खेलाडी नभएको र हारको मानशिकताको उपज अनाबश्यक बिबाद खडा गरेको प्रतिकृया दिएका छन । पालिका प्रतियोगितामा भाग लिएको र नियमित बिद्यार्थि रहेको र पालिकाबाट छनौट भएर जिल्लामा आएको खेलाडीमाथी फर्जिको आरोप लगाएर खेलाडीमाथी अन्याय गरेको उनीहरुको आरोप छ । बिबादका सन्र्दभमा दुबै पक्षको आ आफ्नो तर्क र धारणा राखेपनि मुख्य आयोजक खेलकुद बिकास समितिले निर्णय लिन नसकेपछि ६ घण्टा पछि खेल स्थिगित भएको घोषणा गरेर खेलाडी र दर्शकहरुको भाबना बिपरित निर्णय लिएपछि बिबाद झन सहतमा आएको हो । खेलकुद बिकास समितिले बिबाद समाधान हुन नसकेकाले भोली सम्मका लागी भलिबल प्रतियोगिता स्थिगित गरेको सुचना जारी गरेपछि खेलाडी र दर्शकहरु निरास भएर खेलस्थलबाट फर्किएका थिए ।

परशुराम नगरपालिकाले दुई पटक राष्टपति रनिङ शिल्ड लगातार जित हात पारेको थियो यो पटकको जितले तेश्रो पटक जित हासिल गरेर शिल्ड कब्जा गर्ने रणनितिमा परशुराम थियो । परशुरामको प्रतिष्पर्धी अमरगढी नगरपालिकाले यो पटक जसरी पनि परशुरामबाट शिल्ड आफ्नो पोल्टोमा हात पार्ने उदेश्यका साथ खेलको मुख्य प्रतिष्पर्धीमा उत्रिएको थियो । भलिबल प्रतियोगितामा आफ्नो जित सुनिश्चित नदेखेपछि परशुरामलाई फर्जि खेलाडी आरोप लगाएर बिबाद सिर्जना गरिएको भएपनि भलिबल प्रतियोगिताका दुर्बै टिम बिच निकै प्रतिष्पर्धा हुने अनुमान गरिएको थियो । अमरगढी र परशुरामका खेलाडी बिच निकै प्रतिष्पर्धा हुने र जो सुकै टिमले पनि जित हात पार्न सक्ने आकलन गरिएको थियो । खेलमा बिजेता र उपबिजेता हुने खेलको नियम हो तर टिम क्याप्टेनहरुको आत्मबिश्वास र आयोजकको समन्वयकारी भुमिका र बिधी र प्रकृयाको अधिनमा रहेर निर्णय दिन नसक्दा बिबाद लम्बीएको छ ।



