Amargadhi Post

बिज्ञ सल्लाहकारका नाममा परशुरामले ग¥यो मनपरी ! साढे सात लाख स्वाह !

लक्ष्मी ऐर
डडेल्धुरा,जेष्ठ २९ गते । जिल्लाको भित्रीमद्येशमा रहेको परशुराम नगरपालिका डडेल्धुराले नियमविपरीत विज्ञ सल्लाहकार नियुक्त गरि साढे सात लाख स्वाह गरेको छ । परशुराम नगरपालिकाले विज्ञ सल्लाहकारका नाममा ७ लाख ५२ हजार ४ सय २४ रुपैयाँ अनियमित भएको ठहर गरेको छ ।
महालेखा परिक्षणको कार्यालयले हालै जारी गरेको आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक प्रतिबेदनमा भनेको छ — सुदूरपश्चिम प्रदेशको “स्थानीय तहका पदाधिकारी वा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५” मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले विज्ञ सल्लाहकार राख्न नपाउने स्पष्ट व्यवस्था छ ।
“स्थानीय सरकार सञ्चालन ऐन २०७४” को दफा ८३(८) अनुसार तोकिएको भन्दा फरक पदमा कर्मचारी नियुक्त गर्न नमिल्ने उल्लेख छ । तर परशुराम नगरपालिकाले कानुनको धज्जी उडाउदै नियम विपरीत २०८० साल साउन ४ गते नगर कार्यपालिकाको निर्णयको हबला दिदै विज्ञ सल्लाहकार नियुक्त गरेको देखिन्छ ।
नगरपालिकाले नियुक्त गरेको सल्लाहकारलाई मासिक तलब ४३ हजार ६ सय ८९ र विशेष भत्ता १७ हजार ४ सय ७५ गरि कुल ६१ हजार १ सय ६४ का दरले भुक्तानी गरेको देखिएपछि अनियमित भएको प्रतिबेदनमा उल्लेख गरेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।