Amargadhi Post

डडेल्धुरामा सिडिओ फेरिए, ११ सिडिओको सरुवा, उपसचिवले ओगटेका पदमा खटाइयो सहसचिव

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,असार ३ गते । गृह मन्त्रालयले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० सहित उपसचिव र सहसचिवहरूको सरुवा गरेको छ। सरुवासँगै सहसचिवको दरबन्दीमा कार्यरत उपसचिवहरूलाई हटाएर ती पदमा सहसचिवहरूलाई नियुक्त गरिएको छ। साथै, मन्त्रालयको अतिरिक्त दरबन्दी पनि खाली गरिएको छ।

प्राप्त विवरण अनुसार अनुसार गुल्मी, इलाम, बैतडी, डोटी, गोरखा, डडेलधुरा, भोजपुर, रोल्पा, सिन्धुली र जुम्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी जर्नादन शर्मा सरुवा भएर डडेल्धुरा आउदैछन भने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने गृहमन्त्रालय सरुवा भएका छन ।
यसैगरी मन्त्रालयको अतिरिक्त९बरन्डा०मा रहेका सहसचिवहरूलाई पनि जिम्मेवारी तोकिएको छ । निकै लामो तयारीसँगै साता दिन अघि नै सूची बनिसकेको भए पनि पावरफूलहरूको प्रपञ्चकै कारण सूची स्वीकृत गर्न ढिलाइ भइरहेको थियो तर अन्ततस् मन्त्री रमेश लेखकले मंगरवार सदर गरेका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।