Amargadhi Post

मृतक पाली प्रकरणको छानबिनको माग राख्दै डडेल्धुरा ब्याबसायीद्धारा आन्दोलन

मानबहादुर साउद
डडेल्धुरा,असार ४ गते । बैंकिङ्ग कसुरमा पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पालीको प्रहरीको नियन्त्रणमै रहेका बेला हिजो भएको मृत्यु प्रकरणलाई लिएर डडेल्धुराका ब्याबसायीहरु ब्जार बन्द गर्दे आन्दोलनमा उत्रिएका छन ।
घटनाको बिषयमा सत्य तथ्य छानबिनको माग राख्दै डडेल्धुराका ब्याबसायीहरुले बजार र यातायात बन्द गर्दे आन्दोलन गरेका हुन ।
२९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेका पालीको हिजो मृत्यु भएपछि उनको शरिरका बिभिन्न भागमा निलडाम देखिएकाले परिवारजनले घटना रहश्यमय भएको भन्दै शब बुझ्न मानेका छैनन ।


मृतकका काका पदम सिंह पालीका अनुसार, प्रहरी नायब निरीक्षक हरिजित नाथले पहिले नै बारम्बार रकम माग्दै आएको बताएका छन । उनले पालीलाई महेन्द्रनगरमा दुई घण्टा हिरासतमा राखी ’बार्गेनिङ’ गरेर छोडेको उल्लेख गर्दै पछिल्लोपटक डडेल्धुराबाट निजी गाडी प्रयोग गरी कैलाली ल्याएर नियोजित रुपमा यातना दिईएको आरोप लगाएका छन । यस घटनाका बिषयमा उद्योग बाणिज्य संघ डडेल्धुराको नेतृत्वमा घटनाको बास्तबिक छानबिनको माग राख्दै आन्दोलन सुरु गरिएको छ ।
केहीबेरमै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको भन्दै उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिपक महताले घटना रहश्यमय भएकाले छानबिन गर्नुपर्ने बताउनुभयो ।
डडेल्धुराका ब्याबसायीहरुले सडकमा टायर बालेर न्यायका लागी दबाब सिर्जना गर्न आन्दोलित भएको जनाएका छन । एउटा ब्यबसायी कारागार भित्र सुरक्षित हुदैन भने कहा सुरक्षित हुन्छ भन्दै प्रहरी प्रशासनलाई घटनाको बास्तबिक छानबिन गर्न जोडदार माग गरेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।