Amargadhi Post

पाली मृत्यु प्रकरणः डडेल्धुराका ब्याबसायीहरुले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

मानबहादुर साँउद
डडेल्धुरा,असार ४ गते । कैलालीको कारगारमा बैंकिङ्ग कसुर मुद्धामा पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पाली हिजो अचानक मृत्युभएपछि डडेल्धुराका ब्याबसायीहरु आन्दोलित भएका छन ।
घटनाको सत्य तथ्य छानबिनको माग राख्दै डडेल्धुरा उद्योग बाणिज्य संघको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा मार्फत गृहमन्त्रीलाई आज ज्ञापन बुझाएका छन ।
बैंकिङ्ग कसुरमा कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरिक्षक हरिजित नाथले उनीमाथी रकम असुलका लागी कुटपिट गर्दे हत्या गरेको हुन सक्ने आशंका गर्दे छानबिन हुनुपर्ने पिडितले माग राखेका छन ।


अदालतले केही गत फागुन २९ गते २ लाख जरिमना र १० दिन कैद हुने फैसला अन्र्तगत प्रहरीले फरार अभियुक्त भन्दै पक्राउ गरेर कैलाली कारागार पठाएको दुई दिनमै मृत्युभएपछि घटना रहश्यमय बनेको पिडितको आरोप छ ।
मृतक पालीको शरिरका बिभिन्न भागमा निलडाम देखिएकाले बैकिङ कसुर मुद्धा हाल्ने प्रहरी नायब निरिक्षक नाथको संलग्नता रहेकाले कानुनी कारबाही गरिनुपर्ने भन्दै डडेल्धुराका ब्याबसायीहरु आन्दोलनमा उत्रिएका हुन ।
मृतकका काका पदम सिंह पालीका अनुसार प्रहरी नायब निरीक्षक हरिजित नाथले पहिले देखि नै बारम्बार रकम माग्दै आएको बताएका छन । उनले पालीलाई महेन्द्रनगरमा दुई घण्टा हिरासतमा राखी ’बार्गेनिङ’ गरेर छोडेको उल्लेख गर्दै पछिल्लो पटक डडेल्धुराबाट निजी गाडी प्रयोग गरी कैलाली ल्याएर नियोजित रुपमा यातना दिईएको आरोप लगाएका छन ।


यस घटनाका बिषयमा उद्योग बाणिज्य संघ डडेल्धुराले हिरासतमा रहेका बेला समेत मृतक पालीमाथी कुटपिट भएको भन्दै निष्पक्ष छानबिन गरि दोशीउपर हदै सम्मको कारबाही हुनुपर्ने माग गरेको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने मार्फत उद्योग बाणिज्य संघ डडेल्धुराले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्र बुझदै घटनाका बिषयमा सत्य तथ्य छानबिन गरि दोशीउपर कानुनी कारबाही हुने आफु बिश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । आन्दोलनलाई संयमित तवरबाट आफ्ना माग राख्न पाउने नैसर्गिक अधिकार हो तर आन्दोलनका नाममा घुसपैठ हुन सक्ने तर्फ सचेत हुन समेत आन्दोलनकारी पक्षलाई आग्रह गर्नुभयो । डडेल्धुराको स्याउले बजारमा आन्दोलनकारीहरुले मृतकको न्यायका लागी भन्दै सडकमा टायर बालेर आन्दोलन गरेपछि सुदुरपश्चिमका सात पहाडी जिल्लाको आवगमन पुर्ण रुपमा बन्द भएर यात्रुहरु समस्यामा परेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।