Amargadhi Post

डडेल्धुरामा बस र ट्याक्टर ठोक्किदा २ जना घाईते

लक्ष्मी ऐर 
डडेल्धुरा,असार ६ गते । डडेल्धुरामा बस र ट्याक्टर ठोक्किदा दुईजना घाईते भएका छन । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ छब्बीसे मोडमा बझाङबाट धनगढी तर्फ गइरहेको ना ६ ख १९८२ नम्बरको बस र धनगढीबाट बझाङ तर्फ आइरहेको सु.प. प्र ००२ त ४४०३ नम्बरको ट्याक्टर आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटनामा ट्याक्टर चालक र बसका यात्रा गरिरहेका एक गरि दुईजना घाइते भएका छन् । ट्याक्टर चालकलाई डडेल्धुरा अस्पतालमा लगिएको छ । बाह्य चोट नदेखिएको पनि आन्तरिक समस्या हुन सक्ने अनुमानमा अस्पताल लगिएको प्रहरीले जनाएको छ । बसमा यात्रा गरिरहेको खप्तडछान्ना–५ का हिरू कार्कीको दाहिने हातमा बसको अगाडिको सिसाले काटिएको छ । घाईते दुबै जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।