Amargadhi Post

लैङ्गिक हिंसा, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम

अमरगढी पोष्ट समाचार
डडेल्धुरा, असार १६ । डडेल्धुरामा लैङ्गिक हिंसा, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय डडेल्धुराको आयोजना तथा अमरगढी नगरपालिकाको समन्वय तथा सहजिकरणमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

कार्यक्रमका सभाध्यक्ष डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम रहनु भएको थियो भने प्रमुख अतिथि अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशी रहनु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्लामा हालसम्म भएका विभिन्न अपराधजन्य घटनाहरू, शान्ति सुरक्षाको अवस्था तथा नियन्त्रणका उपायहरूमाथि विस्तृत रूपमा प्रस्तुती राखेको थियो ।

कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले लैङ्गिक हिंसा विरुद्धको ऐक्यबद्धता जनाउँदै, शान्ति र अपराधमुक्त समाज निर्माणमा संस्थागत सहकार्य र सचेतना आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रमले समुदायस्तरमा हिंसा तथा अपराध नियन्त्रणमा स्थानीय तहको सक्रियता र समन्वयको खाँचो औँल्याएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।