लक्ष्मी ऐर
डडेल्धुरा, असार १८ गते “स्वदेशमा नै रोजगारी गरौं, बैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने नारा लिएर सुरक्षित आप्रवासन (sami)सम्बन्धि सञ्चारकर्मीहरुसँग डडेल्धुरामा एक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
अमरगढी नगरपालिकामा रोजगार शाखाको आयोजनामा सम्पन्न गरिएको यो कार्यक्रमले वैदेशिक रोजगारीका लागी जानकारी , सुरक्षा, चुनौतिको बारेमा छलफल गरिएको थियो । कार्यक्रमका प्रस्तुतकर्ता कार्यक्रम अधिकृत विष्णु अर्यालले दिएको प्रस्तुत डाटा अनुसार हालसम्म नेपालबाट श्रम स्वीकृतिलिनेको सख्या ७८ लाखभन्दा बढी नाघिसकेको छ । दैनिक २००० जना बिदेशिने गरेका छन । वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स नै नेपालको अर्थतन्त्रको मेरुदण्ड बनेको छ । बार्षिक १४ खर्बभन्दा बढी रेमिट्यान्स देशमा भित्रीने गरेकोे छ ।
नेपाल सरकारले हालसम्म विश्वका विभिन्न १११ देशलाई वैदेशिक रोजगारीका लागि अनुमति दिए पनि व्यक्तिगत रुपमा स्वुकृति लिएर जाने १७८ देश रहेका छन । नेपालमा रोजगारीको अभाबले नेपाली कामदारहरु ठुलो सख्यामा विदेशिने क्रम बढिरहेको छ । खाडिमुलुकमा जोखिम भएपनि आयस्रोत कम भएका नेपाली कामदारहरु जान बाध्य छन । गत वर्ष मात्रै १,३४६ जना नेपालीले वैदेशिक रोजगारीको शिलशिलामा ज्यान गुमाएका छन्। मृत्युको मुख्य कारण सम्बन्धित देशको कानुनी जानकारीको अभाव, मृगौला सम्बन्धी समस्या, हावापानी, ट्राफिक नियम, तथा कामदारहरुको सीप र दक्षता नहुँदा दुर्घटना हुने गरेको बताएको छ । हजारौं संख्यामा दुर्घटना बाट घाइते तथा अपांग भएर आउन्छन कैयौं कामदारहरु जेलमा बसिरहेका छन । कैयौं लाई मृत्युदण्ड समेत दिइएको डरलाग्दो तथ्यांक वैदेशिक रोजगार विभागसँग रहेको जनाइएको छ ।
सुरक्षित आप्रवासन सम्बन्धि सुदूरपश्चिमका ८ जिल्लाका १५ वटा स्थानीय तहहरूमा कार्यक्रम सञ्चालन भइरहेको छ । सुदूरपश्चिम प्रदेशबाट मात्र यस वर्ष ४० हजारले श्रम स्वीकृति लिएको छ । सबै भन्दा बढि कैलाली र कन्चनपुर रहेका छन । कामदारको बीमा, सामाजिक सुरक्षा कोष र श्रमको अधिकारका बारेमा धरै नेपालीहरुलाइ थाहा नभएको हुदा सञ्चारमार्फत जनस्तरमा यो बारे जानकारी गराइदिन कार्यक्रममा रोजगार सयोजक लक्ष्मी प्रशाद अवस्थिले आग्रह गर्न भयो । श्रमिकको मृत्यु भएमा वैदेशिक रोजगार बोर्डबाट १० लाख रुपैयाँसम्म राहत दिने गरिएको छ । ठगीमा परे अनलाइन माध्यमबाट उजुरी दिन सकिने, र मृत्यु भएमा शव घरसम्म पु¥याउने व्यवस्था पनि गरिएको छ । बिदेशिन अगाडि सीप सिकेर कानुन बुझेर जादा सहज हुने भएकोले सुरक्षित आप्रवासन सम्बन्धि आम सर्वसाधारणमा सचेतना फैलाउन आवश्यक रहेको र यसको विस्तार र प्रभावकारी कार्यान्वयनले श्रमिकको जीवन र भविष्यलाई सुरक्षित बनाउन सक्ने सयोजक अवस्थिले प्रष्ट पार्न भयो ।
