Amargadhi Post

सरकारले जनपक्षिय काम गर्दा चौतर्फी हमला ः मन्त्री भण्डारी

लक्ष्मी ऐर 
डडेल्धुरा, असार २० गते । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले जनताको पक्षमा काम गर्दा सरकार माथी चौतर्फी हमला भईरहेको आरोप लगाउनु भएको छ । आफ्नो गृह जिल्ला बैतडीबाट फर्किने क्रममा शुक्रबार डडेल्धुरा आईपुग्नु भएका मन्त्री भण्डारीले कार्यकर्ताहरुसंगको भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
जनताको पक्षमा उभिएर सरकारले काम गरिरहेको बेला चौतर्फी घेराबन्दी पार्ने काम भईरहेको भन्दै मन्त्री भण्डारीले जनताको पक्षमा उभिदा सरकार माथी बाह्य र आन्तरिकबाट खतरा भईरहेको गुनासो गर्नुभयो ।


वर्तमान सरकार सुखी नेपाली र समृद्ध मुलुक निर्माणको अभिभारा पुरा गर्ने उदेश्यले रफ्तारमा अघि बढीरहेको छ तर केही शक्तिहरु ध्मिलो पानीमा माछा मार्न सकिन्छ की भनेर सडयन्त्रका तानाबुना बुनीरहेको छन तर त्यो सफल हुदैन ।
राष्ट्रिय राजनीति, सरकारको प्राथमिकता, उद्योग तथा आपूर्ति क्षेत्रका विषयमा सरकारको नीति तथा योजनाहरूबारे प्रष्टयाउदै मन्त्री भण्डारीले बिगतमा ओरालो लाग्दै गरेको अर्थतन्त्र लयमा फर्किरहेको तथ्याक प्रस्तुत गर्नुभयो ।
विशेष गरी सुदूरपश्चिम प्रदेशमा आर्थिक विकास, रोजगारी सिर्जना र औद्योगिक पूर्वाधार विस्तारमा सरकारले चालेका कदमहरूको बिषयमा जानकारी गराउनु हुदै उहाँले सरकारले गरेका राम्रा कामहरुको प्रशंसा र खराब कामको खबरदारी गर्न समेत स्थानीय नेता कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो । ब्यबसाय गरेर आत्मनिभर हुनका लागी सरकारले बिगत दुई बर्ष देखि सहुलियत कर्जा दिएर ब्यबसायी बनाउन लागेको बताउनुहुदै मन्त्री भण्डारीले झडै ७ सय उद्योगी ब्यबसायीहरुलाई बिना धितो र ३ प्रतिशत ब्याजदरमा बैंकबाट लगानी प्रबाह गरिरहेको बताउनुभयो ।
झण्डै १ अर्ब रुपैया बराबरको लागनीमा रिण प्रबाह गरिरहेको प्रशंग कोट्याउदै मन्त्री भण्डारीले सरकारले रोजगारी सिर्जना गर्ने र साना साना उद्योग स्थापना गर्दे रोजगारी सिर्जना गर्ने काम गरिरहेको बताउनुभयो ।


सुदुरपश्चिमको धनगढीमा दशरथचन्द मेडिकल कलेज र दैजी छेला औद्योगिक ग्राम बनाएर सुदुरपश्चिमको बिकास र समृद्धीमा निकै टेवा पुग्ने बताउनु भयो । सरकार माथी भईरहेको प्रहार र सडयन्त्रका बिरुद्ध आम नेता कार्यकर्ताहरुले प्रतिबाद गर्न तयार हुनुपर्ने बताउनु हुदै उहाँले सरकारले जनताको पक्षमा उभिदा देशी बिदेशी प्रतिकृयाबादीहरु सलबल्याउनु मुलुकका लागी निकै दुर्भाग्य हुदै आईरहेको बताउनुभयो । जिल्ला स्थित पार्टीका नेता कार्यकर्ताहरु र पेशागत संगठनका नेताहरुले पार्टी भित्र भईरहेको गुटबन्दी र बिकास निर्माणमा भईरहेको चरम लार्पवाही र शुसासन पारदर्शिता कायम गराउन सरकारी सयन्त्रहरुलाई प्रभाबकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।