Amargadhi Post

डडेल्धुरा ‘पूर्णखोप सुनिश्चितता जिल्ला’ घोषणा हुदै 

लक्ष्मी ऐर 

डडेल्धुरा, असार २५ गते । डडेल्धुरालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने भएको छ । पूर्णखोप जिल्ला समन्वय समिति डडेल्धुराको आयोजनामा यहीँ असार २८ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिन लागेको हो ।

 राष्ट्रिय खोप कार्यक्रम तालिका अनुसार जिल्लाका बालबालिकाले पाउनुपर्ने सबै खोप लगाईसकेको सुनिश्चितता भएसँगै पूर्णखोप जिल्ला घोषणा गर्न लागिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख (जनस्वास्थ्य अधिकृत) केशरबहादुर साउँदले जानकारी दिनुभयो ।  सुदूरपश्चिम सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यतामा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

उक्त घोषणा कार्यक्रम आउँदो शनिबार अमरगढी नगरपालिकाको सभाहलमा बिहान साढे ११ बजेदेखि सुरु हुने जनाइएको छ । नेपालमा सरकारले १३ प्रकारका खोपहरू निःशुल्क रूपमा उपलब्ध गराउँछ । यी अधिकांश खोपहरू शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ । दुई वर्ष मुनिका बालबालिकालाई भ्यागुते रोग, लहरे खोकी, धुनष्टंकार, हेपाइटाटिस बी, हेमोफिलस इन्फ्लुएन्जा, जापानिज इन्सेफ्लाइटिस, निमोनिया, दादुरा रुबेलालगायत १३ प्रकारका रोगबाट बचाउन खोप दिने गरिन्छ । घोषणाको अन्तिम तयारीमा ब्यापक रुपमा लागीएको स्वास्थ्य कार्यालय प्रमुख साँउदले जानकारी दिनुभयो ।

 

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।