Amargadhi Post

डडेल्धुरामा हंसिया प्रहार गरी श्रीमतीको हत्या श्रीमान पक्राउ

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,साउन २ गते । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ डिलमा आफनै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार ५४ वर्षीय करन भुलले आफ्नै घरमा आफ्नी श्रीमती अन्दाजी ४० वर्षीया खिमा देवी भुललाई हंसिया प्रहार गरी हत्या गरेका थिए । हत्या गरेर फरार रहेका उनलाई आज बिहान ६ः ५५ बजे प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी टोलीले हत्या गरि भाग्दै गरेको अवस्थामा गन्यापधुरा गाउँपालिका–३ गोयलखेतबाट करन भुललाई पक्राउ गरिएको जिल्ला प्रह्री कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक बिष्टले बताउनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।