मानबहादुर साँउद
डडेल्धुरा,साउन ५ गते । डडेल्धुराको परशुराम नगरपालिकाले उच्च अदालत महेन्द्रनगरद्वारा जारी परमादेश लत्याउँदै विधिसम्मत रुपमा दर्ता भएर झण्डै साढे तीन दशकदेखि कृयाशिल परशुराम क्षेत्र विकास समितिमाथि अन्याय भएको सर्बत्र चर्चा भईरहेको छ ।
अदालतको परमादेशलाई समेत अटेर गरि संघीय सरकार माथी संस्था दर्ता ऐन २०३४ अनुसार कृयासिल संस्थालाई विघटन गर्ने, संस्थाको कार्यालय कब्जा गर्ने र संस्थाका गतिविधीहरुमाथि रोक लगाउने जस्ता गैर कानूनी कृयाकलाप अविलम्व रोक्न परशुराम नगरपालिकालाई क्षेत्र बिकास समितिका पदाधिकारीहरुले चेतावनी दिएका हुन ।
कानूनी राज्यमा विधि र कानून उलङ्घन गरेर मनपरितन्त्र लाद्ने छुट कसैलाई नभएको जिकिरगर्दै परशुराम क्षेत्र बिकास समितिका अध्यक्ष गणेशप्रशाद जोशीले क्षेत्राधिकार मिचेर स्थानीय कानून जारी गरेको वाहनामा राजनीतिक प्रतिशोध साँधेर स्वायक्त संस्थामाथि बलमिच्याई भएको गुनासो गर्नुभयो । परशुराम धार्मिक क्षेत्र बिकास समितिले आईतबार बृक्षारोपण गर्न थालेपछि परशुराम नगरपालिकाबाट गठित बिकास समितिका पदाधिकारीहरुले हस्तक्षेप गर्न थालेपछि दुई पक्षबिच बिबाद भएको थियो ।

परशुराम नगरपालिकाले स्थानीय कानून ल्याएर संघीय सरकारमा सुचिकृत धार्मिक संरचना परशुरामधाममा मनोमानी गरिरहेको आरोप लगाउनुहुदै अध्यक्ष जोशीले नगरपालिकाले गत माघमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई पत्राचार गरेर परशुराम क्षेत्र विकास समिति विघटन गर्न दबाब दिएको थियो ।
कानूनअनुसार नविकरण भइसकेको संस्थाको खाता रोक्का गरेर कुनै पनि गतिविधी नगर्न तत्कालिन प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले निर्देशन दिएपछि परशुराम क्षेत्र विकास समितिले उच्च अदालत महेन्द्रनगरमा रिट दायर गरेको थियो ।

उच्च अदालत महेन्द्रनगरले संस्था गठन गर्ने मौलिक हकको रक्षागर्दै विधिवत रुपमा दर्ता भएको संस्थाको खाता रोक्का गर्ने र गतिविधीमा रोक लगाउन नमिल्ने भन्दै परशुराम नगरपालिका र जिल्ला प्रशासन कार्यालय डडेल्धुराका नाममा परमादेश जारी गरेको हो । परमादेश जारी भईसक्दा पनि परशुराम नगरपालिकाले संस्थाको कार्यालय कब्जामा लिएर कुनै गतिविधी सञ्चालन गर्न नदिएको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष जोशी बताउनुभयो । नगरपालिकाले परशुराम क्षेत्रभित्र पोखरी निर्माण सगैं सडकहरु बनाउन थालेपछि डिभिजन बन कार्यालय डडेल्धुराले पत्रचार गरेर सो कार्य नगर्न हुन आग्रह गरेको छ ।

डिभिजन बन कार्यालय डडेल्धुराले धार्मिक बन क्षेत्रभित्र पोखरी निर्माण गर्ने कार्य कानुन सम्मत नभएको र लामो समय देखि संरक्षण गर्नका लागी गठन भएको परशुराम धार्मिक क्षेत्र बिकास समितिको अधिकारका बिषयमा संम्बाद र छलफल मार्फत समाधान खोज्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडाएर जोशीले कार्यपालिकाबाट पास गरेर पाँच सदश्यिय बिकास समिति गठन गरेर जिम्मेवारी दिईएको र अनाबश्यक रुपमा पुरानो समितिले बिबाद सिर्जना गरेको बताउछन । परशुराम धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा अघि बढाउन नगरपालिकाले आफ्नो मातहत लिएको भन्दै अनाबश्यक बिबाद सिर्जना नगर्न हुन सम्बन्धित पक्षलाई नगर प्रमुख जोशीले आग्रह गर्नुभएको छ ।





