लक्ष्मी ऐर
डडेल्धुरा,साउन ७ गते । जगंली बदेलबाट मकै जोगाउन स्थानीय कृर्षकहरुलाई हम्मे हम्मे भईरहेको छ । मकै खेती बदेलबाट जोगाउन रात दिन जाग्राम बस्ने गरेपनि बचाउन नसकिएको किसानको गुनासो छ ।
वैशाख महिनाको अन्तिम साता लगाएको मकैमा अहिले बाला आईसकेपछि घोगा लाग्न चोरी आउन थालेपछि बदेलको बथानले नोक्सानी पुयाएपछि हैरानी अबस्था खेप्नु परेको उहाँहरुको भनाई छ । मकैबारीमा एकै पटक बँदेलको बथान नै आएर मकै बालीलाई सोत्तर बनाएर हिडेपछि क्षत्री हुने गरेको अमरगढी नगरपालिका ७ पोखराको भट्गाउँका किसान रमेश केसीले बताउनुभयो । बर्खेबालीमा अरु बालीभन्दा मकै बाली लगाउन सहज हुन्छ उनले भने— खेतबारीमा बँदेले सबै मकै सखाप पार्नथाले पछि मकै खेती लगायतका कोदो, धान बाली खेती न्युन अबस्थामा गर्दे आएको बताँउछन ।

गाउँघर नजिकका खेतबारीमा गरिएको मकै पनि केही वर्ष यता बँदेलले सखाप पार्न थालेपछि के गर्ने भन्ने बिषयमा सोच्नुपर्ने बेला आएको केसीको भनाई छ । २०७९ फागुन २१ गते बँदेलको आक्रमणबाट जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ३ का ५२ वर्षीय गणेश पल्लेको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको पछिल्ला तीन वर्षको घटनाको तथ्यांक हेर्दा बँदेलको आक्रमणबाट पाँच जना घाईते भएको तथ्याक छ । यसरी बँदेलले अन्नबाली नष्ट गर्नुकासाथै स्थानीयको ज्यान नै लिने गरेको भएपनि स्थानीय सरकार बेखबर बनेको स्थानीयको गुनासो छ । बन ऐन अन्र्तगत जगली जनावर धपाउन सकिन्छ लखेट्न सकिन्छ तर मार्न पाईदैन यसका लागी कानुनको संसोधन आबश्यक रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुरका नायब सुब्बा चन्द्रबहादुर रोकायाले बताउनुभयो ।
बदेलका कारण स्थानीयहरुले हैरानी खेप्नु परेको गुनासो आउने गरेको भएपनि कानुन बाधक रहेकाले यसलाई ससोधन नगर्दा सम्म समस्या रहेको उहाँको भनाई थियो ।




