लक्ष्मी ऐर
डडेल्धुरा,साउन १४ गते । डडेल्धुरामा बिषालु च्याउ खाँदा ७० बर्षिय बृद्धको मृत्यु भएको छ । परशुराम नगरपालिका ७ घुम्टीगडा बस्ने देबुवा बोहराको बिसालु च्याउ खाँएर अस्पतालमा उपचार गराईरहेको क्रममा मंगलबार मृत्यु भएको हो । केही महिना अघि आलिताल गाउँपालिका १ फिन्नेगडा बस्दै आउनु भएका बोहराले जंगलमा उम्र्रिएको च्याउ टिपेर घरमा पकाएर खाएपछि उनी सिकिस्थ बिरामी भएको परिवारजनले बताउनु भएको छ ।
असोज ८ गतेका दिन बिसालु च्याउलाई डाडुमा पकाएर खाएका बोहरालाई अत्यधिक रुपमा पखला चल्न थालेपछि डडेल्धुरा अस्पताल भर्ना गरि उपचार गराईरहनु भएको थियो । झण्डै पाँच दिन देखि डडेल्धुरा अस्पतालको आईसियुमा राखेर उपचार गराईरहेको भएपनि उनको स्वास्थ्यमा सुधार नआएपछि मंगलबार उनको मृत्यु भएको मृतका आफन्त कर्णबहादुर धामीले बताउनुभयो ।
जंगलमा च्याउ भेटिएपछि पकाएर खाएका बोहराले बिसालु भए नभएको चिन्न नसकेपछि यो अबस्था आएको धामीले बताउनुभयो । उपचारमा संलग्न डा.हेमा जोशीले बिसालु च्याउ खाएर उनको मृत्यु भएको बताउनु भएको छ । बिसालु च्याउका कारण कलेजो र मुटुमा समस्या देखिएपछि आईसियुमा राखेर उपचार गराएको भएपनि बचाउन नसकिएको उहाँको भनाई थियो ।
च्याउ खानु अगाढी राम्रो संग बिसालु हो की होईन पत्ता लगाएर मात्रै खानुपर्छ नत्र जंगलको च्याउ नखाँदा राम्रो यसबाट ज्यानै जाने सम्मको घटना निम्त्याउछ डा. जोशीले भनिन— बिसालु च्याउले कलेजो र मुटुलाई एकै साथ आक्रमण गर्छ र शरिरका कुनै भागले पनि काम गर्न सक्दैन । मृतक बोहराका एक श्रीमती ४ छोरा २ छोरी रहेका छन । बोहराको मंगलबार साँझ परशुराम ७ घुम्टीगडा आफ्नै घरमा शब राखिएको र आज बिधीवत रुपमा दाहसंस्कार गरिने मृतका छोरा गणेश बोहराले बताउनु भएको छ ।



