Amargadhi Post

अन्र्तराष्ट्रिय बहसमा भाग लिदै परशुरामका साँउद

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,साउन १४ गते । यही भदौं १५ गते हुने अन्र्तराष्ट्रिय बहसमा डडेल्धुराको परशुरामका एक युबक सहभागी हुने भएका छन । कैलाली बहुमुखी क्याम्पस कानुन संकायमा चौथो सेमेस्टरमा अध्यनरत बिधार्थी पदम बहादुर साँउद र केन्द्रिय क्याम्पस कानुन संकाय चौथो सेमेस्टरमा अध्यनरत विद्यार्थी ईश्वर दत्त भट्ट छनौट भएका छन ।


यही भदौ १५ मा महाकुम्भ स्थान प्रयागराजमा सञ्चालन हुने उक्त प्रतियोगितामा विश्वभरिका २९ विश्वविद्यालयबाट छनौट भएका सहभागीहरु मध्ये डडेल्धुराको परशुराम नगरपालिका ७ का पदम र दार्चुलाका इश्वर सहभागी हुने भएका छन । नेपालको तर्फ बाट सुदुरपश्चिम विश्वविद्यालयका दुई विद्यार्थी सहभागी हुने उक्त बहस कार्यक्रममा सहभागीताका लागी छनौटमा परेका हुन । संयुक्त राष्ट्र संघ शान्ति स्थापनामा सफल की असफल भन्ने विषयमा हुन लागेको उक्त बहस कार्यक्रममा सुदुरपश्चिम प्रदेशका तर्फबाट साँउद र भट्ट सहभागी हुनेछन ।

उक्त बहसलाई राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमा निकै महत्वका साथ हेरिने भएको छ । बहुप्रतिभाका धनी विद्यार्थीद्वय पदम बहादुर साउद र ईश्वर दत्त भट्ट लाई अमरगढी मिडिया हाउस डडेल्धुराले सफल्ताको शुभकामना तथा बद्याई ब्यक्त गरेको छ । तपाईहरुको बहस र संम्बादले समग्र युबाहरुको प्रतिनिधित्व र र सयुक्त राष्ट्र संघ शान्ति स्थापनामा सफल की असफल बिषयमा तर्कपुर्ण बिचार प्रस्तुत गरेर उत्कृष्ट पुरुष्कार प्राप्त गर्नुहुनेमा बिश्वस्त रहेको अमरगढी मिडिया हाउसका प्रबन्ध निर्देशक मानबहादुर साँउदले बताउनु भएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।