Amargadhi Post

फेसबुक बहस ः सुदुरपश्चिम प्रदेशको राजधानी डडेल्धुरा नै उपयुक्त

मानबहादुर साँउद
डडेल्धुरा,साउन १५ गते । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी घोषणा भएको झण्डै सात बर्ष पुरा भयो दुर्भाग्य कार्यान्वयमा आउन सकेको छैन । केही दिन अघि सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गोदावरीको बिकल्पमा धनगढी हुन सक्ने आशय ब्यक्त गरेपछि संसदनै बिभाजित भएका छन । प्रदेश राजधानीको तातो बहस चलीरहेका बेला नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष एबम अमरगढी मिडिया हाउसको प्रबन्ध निर्देशक मानबहादुर साँउदले प्रदेशको राजधानी डडेल्धुरा,डोटी र बुडर हरेक दृष्टिकोणले उपयुक्त हुने बिचार समाजिक सञ्जाल फेसबुकमा राख्नुभएको थियो ।
उहाँले समाजिक, आर्थिक, भौगोलिक, सास्कृतिक र राष्ट्रिय अन्र्तराष्ट्रिय सिमा निर्धारणको मापदण्डका आधारले समेत कैलाली र गोदावरी उपयुक्त हुन सक्दैन त्यसैले पहाडको सुन्दरता र तराईको उब्जनीलाई मध्यनजर गरेर राजधानी बनाउन उपयुक्त हुन्छ भन्ने धारणामा केही ब्यक्तिहरुले आफ्नो बिचार प्रकट गरेपछि बसह पेचिलो बनाउनुपर्ने निष्कर्षमा पुग्नु भएको छ । २०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको स्थायी राजधानीको रूपमा गोदावरी नगरपालिका २ र ४ को वन क्षेत्रमा बनाईनुपर्ने निर्णय गरेको थियो तर कागजमै सिमित रहयो किन हुन सकेन जनजनको प्रश्न हो ? संबिधान सभाका माननीय हरिलाल थापाले डोटीको बुडर उपयुक्त हुने धारणा ब्यक्त गर्नुभएको छ । १० घण्टा अघि पोष्ट गरिएको प्रदेश राजधानीको बहसमा फेसबुक पोष्टमा राख्नुभएको बिचारलाई ८३ जनाले लाईक गरेका छन भने ३५ जनाले कमेन्ट गरेका छन ।

 कमेन्ट गर्नुहुनेमा डिभिजन बन कार्यालयका सिनियर अधिकृत बिष्णु प्रशाद आर्चायले प्रदेशको राजधानी डडेल्धुरा बनाउदा उपयुक्त हुने बिचार प्रकट गरेका छन । यसैगरी नेकपा एमाले सुदुरपश्चि प्रदेश कमिटि सदश्य यज्ञराज अबस्थीले प्रदेशको राजधानी डडेल्धुरा बनाउदा उपयुक्त हुने बिचार प्रकट गरेका छन । यस्तो बिचार प्रकट गर्नेमा सिखर नगरपालिका डोटीका वडा अध्यक्ष जगन्नाथ भट्टले पनि प्रदेशको राजधानी डडेल्धुरा र डोटी हरेक दृष्टीकोणले उपयुक्त हुने बिचार प्रकट गर्नुभएको छ । यसैगरी डडेल्धुराको अमरगढी नगरपालिका वडा नं.५ का वडा अध्यक्ष टंकबहादुर क्षत्रीले प्रदेशको राजधानी डडेल्धुरा बनाउनुपर्ने धारणा ब्यक्त गर्नुभएको छ । यसैगरी समाजिक सञ्जालमा आफ्नो बिचार प्रकट गर्नुहुनेमा कृर्षि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर बिष्टले डोटीको बुडरमा राजधानी बनाउनु हरेक दृष्टिकोणले उपयुक्त हुने सुझाब ब्यक्त गरेका छन । नेकपा एकिकृत समाजबादीका सुरेन्द्रबहादुर बिष्टले कैलाली र गोदावरीका जनताका बिचमा राजधानीको सन्र्दभमा बिबाद सिर्जना भएर पहाडमै राजधानी आउने कुरामा दुईमत नरहेको धारणा ब्यक्त गर्नुभएको छ । लामो समय देखि शिक्षा पेशामा आबद्ध शिक्षक नेता सुरेन्द्र भण्डारीले प्रदेशको राजधानी डडेल्धुरा नै उपयुक्त रहेको धारणा ब्यक्त गर्नुभएको छ ।

 यसैगरी केही ब्यक्तिहरुले प्रदेश राजधानी खारेजीको माग समेत उठाएका छन । नबदुर्गा गाँउपालिकामा कार्यरत कर्मचारी पदम धिक्तले प्रदेश खारेज गर्नु उपयुक्त हुने टिप्पणी गर्नुभएको छ । यसैगरी तथ्याक कार्यालयमा कार्यरत एक जना अधिकृत स्तरका कर्मचारी चन्द्र पालले प्रदेश राजधानी होईन खारेज गर्नुपर्ने टिप्पणी गर्नुभएको छ । उहाँको जस्तो राय सुझाब दिनेहरु पनि यो समाजमा कम छैनन । सघियताले मुलुकलाई राम्रो संग अगाडी बढाउन नसक्दा चरम निरासा छाईरहेको छ त्यसैमा राजधानीको टुङगो लाग्न नसकेपछि झनै निरासामा समाज परिणत भईरहेको छ । नेकपा माओबादी केन्द्रका नेता लक्ष्मी धिक्तले प्रदेशको राजधानी पहाडमै हुनुपर्ने त्यसमा पनि डडेल्धुरा उपयुक्त हुने टिप्पणी गनुभएको छ । यसरी हेर्दा तराईमा हरेक दृष्टिकोण ठिक नभईरहेको बेला जबरजस्ती किन ? पहाडमा राजधानी बनाउदा अनुपयुक्त किन बहस हुनुपर्छ की पर्देन जनमतको कदर हुनुपर्छ की पर्देन ? प्रदेशको राजधानीको सिमाङकन र सिक्षा क्षेत्रको मापदण्डले राजधानीलाई कानुन लाग्छ की लाग्दैन हो त्यसैले दुरगामी सोच बनाएर निर्णयमा पुग्नु आजको आबश्यकता हो ।

 राजधानी तोकेको सात वर्षपछि गोदावरीमा स्थायी राजधानी कार्यान्वयन नहुँदा स्थानीय आक्रोशित छन् भने मुख्यमन्त्री कमलबहादुर शाह धनगढी सार्ने योजनामा छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरूसँग समेत छलफल गरिसकेको चर्चा बाहिर आएको छ । धनगढीलाई नै स्थायी राजधानी बनाउने तयारीस्वरूप मुख्यमन्त्री कार्यालयदेखि खानेपानी कार्यालयसम्म फैलिएको करिब १३ बिघा जमिनमा स्थायी संरचना निर्माण गर्ने सरकारको योजना छ ।
तर, राजधानी फेरबदल गर्न प्रदेशसभाको दुई तिहाइ बहुमत आवश्यक पर्छ । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले दुई तिहाइ गुमाए । आफैले विश्वासको मत लिने बेला राजधानीको विषय ल्याएर थप विवाद सृजना गर्न खोजेको गोदावारीबासीको आरोप छ । राजधानी धनगढी सार्ने तयारी हुँदा गोदावरीमा आन्दोलनको तयारी भइरहेको छ । सरकारले गोदावरीबासी माथि अन्याय गरे जुनसुकै तहको सङ्घर्षमा जान आफूहरू तयार गरेको उनीहरूले प्रदेश सरकारलाई सन्देश पठाएका छन् । स्थानीय युवा अगुवा दीर्घ साउँदले गोदावरीमा स्थायी राजधानी निर्माणको कार्य अगाडि बढाउन नगरवासी जागरूक हुनुपर्ने अवस्था आएको बताएका छन ।

 स्थायी राजधानी गोदावरीमै कार्यान्वयन हुनुपर्ने, भोगाधिकार र रुख कटानको अनुमति नपाइएको बहाना बनाएर सरकार पन्छिन नमिल्ने र आवश्यक परे रुख कटानका लागि नगरवासी नै तयार रहेको उनीहरूको भनाई छ । सुदूरपश्चिमको राजधानी गोदावरीबाट कसैको स्वार्थका निमित्त सार्ने भनेर अत्तरिया र धनगढी वा डोटीलाई लडाउने खेल भइरहेको एमालेको आरोप छ । एमालेका सुदूरपश्चिम प्रदेश सांसद वीरबहादुर थापाले यसबारे बहस गर्न पार्टी तयार रहेको तर अघिल्लो सदनले तोकेकै ठाउँमा निर्माण छिटो गर्नुपर्ने पक्षमा रहेको बताउदै आएका छन ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर वमले दुई तिहाइको बहुमतले निर्णय गरेको राजधानीमा संरचना बनाउनुको साटो मन्त्रिपरिषद्ले अन्यत्र रहेका मन्त्रालयका भवन बनाउन बजेट दिएको भन्दै सदनमै विरोध गरेका छन । राजधानी गोदावरीको वनमा बनाउने निर्णयविरूद्ध परेको मुद्दाको फैसला नभएकाले त्यसबारे पनि सदनमा बहसका रूपमा उठ्नुपर्ने उनको भनाइ थियो । ‘पहिला राजधानी कहाँ बनाउने त्यो हेरौं, त्यहाँ नहुने भए क्षेत्र नम्बर ४ मा कहाँ बनाउने हो, म त्यहाँको सांसद हुँ, म जमिन दिन्छु,’ उनले भनेका थिए ।
प्रतिनिधि सभाका सांसदले पनि सदनमा गोदावरीमा राजधानी कहिले बन्छ भनेर प्रश्न गर्दै आएका छन । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सदनमै यसबारे पटक पटक प्रश्न गरेका छन । २०७४ को पुस माघतिर राजधानी कहाँ हुने भनेर रस्साकस्सी चलेको थियो। राणाकालमा देशका चार गौणामध्येको एक डोटी र संघीयता अघिसम्मको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका सदरमुकाम भएकाले दिपायलमा हुनुपर्ने माग पनि त्यो बेला आएको थियो । डडेल्धुरा र बैतडीको पाटनमा राजधानी हुनुपर्ने भनेर पनि आन्दोलन भएको थियो । इतिहासले डोटी भनेजस्तै व्यापारिक केन्द्र र सुविधाका हिसाबले कैलाली हुनुपर्ने कुरा उठेको थियो ।

 अर्कोतिर तराईका जिल्लाहरूबाट थरूहट प्रदेश छुट्टै हुनुपर्ने कुरा पनि उठेको थियो । संविधान जारी भएपछि भएका विभिन्न आन्दोलन र केहि हिंसात्मक घटनासमेत भएका थिए । तत्कालीन प्रदेश सभाले २०७५ साल असाज १२ गते प्रदेश सभाका सभामुख बाहेकका ५२ मध्ये ३८ जनाले गोदावरीमा राजधानी रहने प्रस्तावको पक्षमा र १४ जनाले मतदान बहिस्कार गरी मतदानमा सहभागी भएका थिएनन । नेपाली कांग्रेसका त्यसबेलाका १२ जना र तत्कालीन राजपाका २ जना सांसद यसको विपक्षमा उभिएका थिए । स्मरण रहोस बिभिन्न राजननितिक पार्टीहरुले प्रदेशको संख्याका बारेमा एकमत थिएनन ।
देशभर प्रदेशको माग गर्दे आगो दन्कीएका बेला सुदुरपश्चिम प्रदेश ९ वटै जिल्ला हुने की पहाडका सात जिल्ला र तराईका दुई जिल्ला थरुहट प्रदेश कायम गर्ने भन्ने बिषयमा आन्दोलनले उग्ररुप लिएको थियो । त्यसैबेला तराईको कञ्चनपुर,कैलालीका थरुहटहरुले कैलाली र कञ्चनपु,बाके बर्दिया र दाङ मिलाएर थरुहट प्रदेश बनाउनुपर्ने भन्दै आन्दोलन चर्काएका थिए । तर यिर्नै पहाडका बस्तीहरुले तराईको कैलाली कञ्चनपुरलाई छोड्न नहुने र सुदुरपश्चिमको ९ वटै जिल्ला मिलाएर एउटै प्रदेश बनाउनुपर्ने भन्दै आन्दोलन जिल्ला जिल्लामा चर्किएको थियो यो अबस्थालाई भुल्न नहुने र भोली पनि यस्ता समस्या नआउलान भन्न सकिन्न त्यसैले पहाड तराई मिलेर सुदुरपश्चिम प्रदेशको बृहत्तर हितका लागी सबै एक जुटौ बनौं हामी सबैको कल्याण यसैमा छ बाँकी मर्जि तपाईहरुको ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।