लक्ष्मी ऐर
डडेल्धुरा,साउन १८ गते । नेपाल स्वास्थ्य कर्मी संघ डडेल्धुराको अध्यक्षमा स्वास्थ्यकर्मी मदन भाट सर्बसम्मत निर्बाचित भएका छन । भागेश्वर गाँंउपालिकामा कार्यरत सिअहेब भाटको नेतृत्वमा २४ सदश्यिय जिल्ला कार्यसमिति गठन गर्दे चौथौ जिल्ला अधिबेशन सम्पन्न भएको हो । यसैगरी जिल्ला कार्यसमितिको उपाध्यक्षमा टंकप्रशाद पन्त, समाबेसी उपाध्यक्ष नरेन्द्र भाट, खुल्ला उपाध्यक्ष हिक्मत बहादुर कठायत,महिला उपाध्यक्ष इश्वरी बोहरा,खुल्ला महिला उपाध्यक्ष शरिता चन्द,सचिबमा महादेब भट्ट,सचिब युबामा तारा प्रशाद भट्ट,सहसचिब कुन्ती जोशी, सह सचिब राजेन्द्र ठगुन्ना र कोषाध्यक्षमा डम्बरी भट्ट रहेका छन । यसैगरी सदश्यमा खेमराज पेनरु,योगेन्द्र खडका,मनोज पनेरु, भुबन पन्त लगायतका रहेका छन ।
नेपाली काँग्रेस निकट स्वास्थ्यकर्मी संघको जिल्ला अधिबेशनको उद्घाटन नेपाली काग्रेस डडेल्धुराका उपाध्यक्ष तथा नबदुर्गा गाँउपालिका अध्यक्ष लक्ष्मीप्रशाद अबस्थीले उद्घाटन गर्नुभएको थियो ।






