Amargadhi Post

जोखिमपुर्ण यात्रा गर्न बाध्य छन जोगबुढा बासी

लक्ष्मी ऐर 
डडेल्धुरा,साउन १९ गते । डडेल्धुराको भित्रीमद्येश क्षेत्रको परशुराम र आलितालका स्थानीय बासिन्दाहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य छन । बर्षातका कारण कच्ची सडकहरु हिलाम्मे भएर पुर्ण रुपमा सडक अबरुद्ध भईरहेका बेला चालकहरुले जबरजस्ती सडकमा गाडी गुडाउन थालेपछि स्थानीयबासीहरु यात्रा गर्न बाध्य भईरहेका हुन । बिगत लामो समय देखि निर्माणाधिन रहेको जोगबुढा लिपना सडक खण्डमा ठेकेदारको लार्पवाहीका कारण सडक निर्माण हुन नसकेपछि यात्रुहरुले यसरी यात्रा गर्न बाध्य भईरहेका छन । गत आर्थिक वर्ष २०८०÷८१ मा संघीय सरकारले दैजी–जोगबुडा–डडेल्धुरा सडक सुधारका लागि विनियोजन गरेको ३० करोड रुपैयाँ बजेट फ्रिज भएपछि सडकको अवस्था झनै दयनीय बनेको स्थानीयको गुनासो छ ।


सडक डिभिजन कार्यालय कुलपाते मार्फत टेण्डरको काम भएपनि ठेकेदारले समयमा काम नगर्दा बजेट फ्रिज हुदै सडक हिलाम्मे भएर यात्रुहरुलाई यात्रा गर्न जोखिम मोल्नु परेको स्थानीय अगुवा ओमप्रकाश जोशीले बताउनुभयो ।
प्रदेश सरकारले यो सडकलाई ‘प्रदेश गौरवको योजना’ घोषणा गरिसकेकाले संघीय सरकारको काम गर्ने दायरो नितिका कारण समस्या आएको उनको भनाई थियो ।


सम्बन्धित निकायबीच समन्वयको अभाव र राजनीतिक इच्छाशक्ति नहुदाँ बजेट समयमा खर्च नहुदाँ यस्तो समस्या झेल्नु परेको अर्का स्थानीय केशब अबस्थीले बताउनुभयो । ३० करोडको बजेट फ्रिज भएर जानु कर्मचारीको लार्पवाही भएको छ यसको छानबिन गरिनुपर्छ अबस्थीले भन्नुभयो— बजेट छ तर कार्यान्वयन नहुदाँ फ्रिज भयो यसको जिम्मा कसले लिने हो लिनुपर्छ । परशुराम नगरपालिकाले समेत सडक सुधार र बजेट कार्यान्वयनमा खासै चासो नदिदा जनताले दुख भोग्नु परेको छ अबस्थीले भन्नुभयो— जनप्रतिनिधी जनताको सेवा गर्नका लागी आएका हुन तर उनीहरुले जिम्मेवारी पुरा नगर्दा यो समस्या उत्पन्न भएको छ ।


जिल्लाको भित्रीमद्येश क्षेत्रका दर्जनौं कच्ची सडकहरु बर्षातका कारणले बिग्रेका छन तै पनि यात्रा गर्न बाध्य छन स्थानीय कमलसिह साँउदले भन्नुभयो— तराईका कैलाली कञ्चनपुर र जिल्ला सदरमुकाम डडेल्धुरा पुग्न यिनै बाटाहरु प्रयोग गर्नुपर्ने छ अबस्था यस्तो छ कसलाई दोश दिने जनताले अबश्य मुल्याकन गर्नेछन ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।