लक्ष्मी ऐर
डडेल्धुरा,साउन २० गते । डडेल्धुराका एक युबक आफैले चलाएको सवारी दुर्घटना हुदाँ गएराती ज्यान गएको छ । डडेल्धुरामा पाँच दिन देखि लगातार परिरहेको बर्षाले सडक चिप्लो,हिलाम्मे र खराब भएका कारण ४४ बर्षिय युबक गणेश भट्टको सवारी दुर्घटनाले मृत्यु निम्त्याएको हो ।
डडेल्धुरा सदरमुकामबाट घर तर्फ जादै गरेका अजयमेरु गाँउपालिका वडा नं.२ का स्थानीय गणेश भट्टले आफैले चलाएको मोटरसाईकल अजयमेरु १ पुइलेक काशिपुर सडक खण्डबाट ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।
बिना नम्बरको उक्त पल्सर मोटरसाइकल गएराती साँझ ६ बजेको समयमा दुर्घटना भएर गम्भिर घाईते भएका भट्टको उपचारका लागी डडेल्धुरा अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटना लगत्तै प्रहरीको टोलीले उद्धार गरेर घाईते भट्टलाई उपचारका लागी डडेल्धुरा अस्पतालमा पुयाएर उपचार गर्ने क्रममा ७ ः ३० बजे मृत्यु भएको जिल्ला प्रह्री कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक धनी चन्दले जानकारी दिनुभएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





