Amargadhi Post

डडेल्धुरामा यात्रु प्रतिक्षालयको उद्घाटन

लक्ष्मी ऐर
डडेल्धुरा,साउन २१ गते । जिल्ला ट्राफिक कार्यालय स्याउले डडेल्धुराले बर्षातको झरीमै बुधबार एक कार्यक्रमका बिच यात्रु प्रतिक्षालयको उदघाटन गरेको छ । सुदुरपश्चिमको सात पहाडी जिल्लाको केन्द्र भागमा रहेको स्याउले ट्राफिक प्रहरी कार्यालयले प्रतिक्षालयको अभाब खड्कीएपछि स्थानीयहरु सहयोगमा यात्रु प्रतिक्षालय निर्माण गरेको हो । २०३८ सालमा स्थापना भएको स्याउले ट्राफिक पोष्ट कार्यालय कन्टेनरमा राखेर संचालन गर्दे आएपनि सवारी साधन चेकजाँच गर्दा यात्रुहरुलाई बिश्राम गर्ने प्रतिक्षालय नहुदाँ निकै सास्ती हुन थालेपछि एकलाख खर्चेर प्रतिक्षालय बनाएको स्याउले ट्राफिक कार्यालयका इन्चार्ज तथा प्रहरी नायब निरिक्षक हर्कबहादुर साँउदले बताउनुभयो ।

 स्थानीय उद्योगी,ब्यबसायीहरुबाट आर्थिक श्रोत जुटाएर बनाएको प्रतिक्षालयको उद्घाटन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गर्नुभएको थियो । प्रजिअ गौतमले ट्राफिक प्रहरीको कार्यालयको ब्यबस्थापन गर्न जरुरी रहेको बताउनुहुदै जग्गाको भोगाधिकार लिएर भबन निर्माणकालागी पहल गरिने बताउनुभयो ।
सात पहाडी जिल्लाको केन्द्र भागमा रहेको जिल्ला ट्राफिक प्रहरीको कार्यालय ब्यबस्थित नहुदाँ सम्पादन गर्न निकै कठिनाई भएको महसुस भयो प्रजिअ गौतमले भन्नुभयो— सवारी दुर्घटना न्युनिकरण र सचेतना अभियानमा ध्यान दिन ट्राफिक प्रहरीलाई निर्देशन गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष मानबहादुर साँउदले जिल्ला ट्राफिक प्रहरीको सकृयतामा प्रतिक्षालयको निर्माण गरेर प्रशसनीय कार्य गरेको बताउनुभयो । गरे के हुदैन ? भन्ने उदाहरण प्रस्तुत गर्नुभएकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रति धन्यबाद दिदै सवारी दुर्घटना न्युनिकरण देखि सवारी चालकहरुलाई समेत सचेत गराउने खालका गतिबिधी गरिराख्नुभएकोले फेरी पनि यसको निरन्तरताको अपेक्षा गर्नुभयो । स्थानीय ब्यपारीहरुको आर्थिक सहयोगबाट निर्मित प्रतिक्षालयले यात्रुहरुलाई बस्न निकै सहज पुगेको बताउनुहुदै साँउदले ट्राफिक कार्यालय आबश्यक रहेकाले यसको भबन जग्गा र भबन निर्माणका लागी स्थानीय सरकारले पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अमरगढी नगरपालिका वडा नं.२ का वडा अध्यक्ष हेमराज पन्तले ट्राफिक प्रह्री कार्यालयका लागी जग्गा खोज्ने कार्यमा अमरगढी नगर सरकार सकारात्मक भएर लाग्ने बताउनुहुदै ट्राफिक प्रहरी कार्यालयको सेवा प्रबाह प्रशंसायोग्य रहेको बताउनुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिक्मत सिहले ट्राफिक प्रहरी कार्यालयले पछिल्ला दिनहरुमा गरिरहेका गतिबिधी प्रशंसायोग्य छन अझै थप प्रभाबकारी बनाउनका लागी आग्रह गर्नुभयो । अर्थिक वर्षमा केही प्रहरी पोस्ट बनाउनका लागि बजेट आएकोले केहीको टेण्डर भइसकेको र केही प्रक्रियामा रहेकोले केही समयपछि सहज हुनेमा आशावादी रहेको डडेल्धुरा प्रह्री कार्यालयका प्रमुख सुगन्ध श्रेष्ठले बताउनुभयो । सानातिना काममा राज्यको मुख ताक्नुभन्दा पनि आफैँ अग्रसर भएर लागेमा समाज परितर्बनमा टेवा पुग्ने ट्राफिक प्रहरी कार्यालय स्याउलेका इन्चार्ज हर्कबहादुर साउँदले बताउनुभयो ।

 स्थानीयहरुको सहयोग र समन्वयमा एउटा प्रतिक्षालय त बनाऔं तर कार्यालय संचालन र बस्नका लागी आवास भबन आबश्यक रहेकाले यसमा पहल गरिदिन हुन सबै सरोकारवाला निकाय संग इन्चार्ज साँउदले आग्रह गर्नुभएको थियो । उक्त प्रतिक्षालय निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरुलाई प्रमुख जिल्ला अधिकारी गौतमले टिका खादा लगाएर सम्मान गर्नुभएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।