अमरगढी पोष्ट समाचार
डडेल्धुरा,साउन २७ गते । परशुराम नगरपालिकाका एकजना वडा अध्यक्षले सर्बसधारणलाई चप्पल हिर्काएको बिषयले मुद्धाको रुप लिएको छ । डडेल्धुराको परशुराम नगरपालिका वडा नं.८ का वडाअध्यक्ष दिनेशप्रसाद जोशीले सोही वडाका ३४ वर्षीय लोकेन्द्र बिकमाथि सार्वजनिक स्थलमै चप्पल प्रहार गरेको भन्दै आफुमाथी जातिय बिभेद र अपमान भएको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा आबश्यक कारबाहीका लागी उजुरी दर्ता गराएका छन । उजुरी भने बिकको मात्रै परेको छैन पिडक भनिएका जोशीको पनि बिक माथी उजुरी दर्ता भएको छ । वडा अध्यक्ष जोशी नेपाली काँग्रेसबाट निर्बाचित वडा अध्यक्ष हुन ।

पिडित बिकले बिरामीलाई मोटरसाईकलमा अस्पताल लैजाँदै गरेका बेला बाटोमा वडाध्यक्ष जोशीलाई भेटेर उपचार सम्बन्धी सल्लाह लिन खोज्दा तिमी आफ्नो औकात र हैसियतमा बस भन्दै चप्पल हिर्काएको उनको आरोप छ । एउटा वडा अध्यक्ष जस्तो जिम्मेवार ब्यक्तिबाट सार्बजनिक स्थलमै भएको ब्यबहार प्रति निकै दुखित छु बिकले भने— जातिय कारणले आफुमाथी कुटपिट अपहेलना भएकाले आबश्यक कानुनी उपचारको बाटो रोज्न बाध्य भएको बताउनु भयो । उता घटनाका बिषयमा वडा अध्यक्षको कार्यशैली र ब्यबहार प्रति चौतर्फी बिरोध भईरहेको छ । जिल्लामा रहेका दलित संघ संस्थाले समेत यो घटनाका बिषयमा गम्भिर छानबिनको माग गर्दे दोशी उपर हदैसम्मको कानुनी कारबाही हुनुपर्ने अवाज उठाउदै आएका छन । घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठले दुबै पक्षको उजुरी आईपुगेको र आबश्यक सोधपुछ भईरहेको बताउनुभयो ।

बिकले आफुमाथी चप्पल प्रहार भएको भनेर उजुरी दिएका छन भने जोशीले आफुमाथी अपसब्द प्रयोग गर्दे बिकले मोटरसाईकलबाट आफुलाई किच्ने गरि सवारी साधन चलाएको भन्दै उजुरी दर्ता गराएका छन । इलाका प्रहरी कार्यालयमा दुबै पक्ष बसेर छलफल गरिएको भएपनि निष्कर्षमा पुग्न नसकेपछि दुुबैपक्षले उजरी दिएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले जानकारी दिनुभयो । दुईटै पक्षबाट प्राप्त भएका उजुरीका बिषयमा सोधपुछ भईरहेको छ दुबै पक्षका बिचमा समझदारी हुन नसके कानुनी प्रक्रिया अगाढी बढ्ने डिएसपी श्रेष्ठको भनाई रहेको छ ।




