Amargadhi Post

एमाले महासचिव भन्छन ः पूर्व राष्ट्रपति रोक्यौँ, माओवादीले पनि त्रुटि सच्याउनुपर्छ

‘पूर्व राष्ट्रपति र उपराष्ट्रपति दलीय राजनीतिमा फर्किँदा लोकतन्त्र कमजोर हुन्छ’

अमरगढी पोष्ट समाचार
कञ्चनपुर,भदौं १ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति सबैको साझा अभिभावकका रूपमा रहनु पर्ने बताएका छन्। आइतबार एमाले कञ्चनपुरको जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधानको संरक्षक, नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति देशको अभिभावक भएर बस्नुपर्ने बताएका हुन्। त्यस्ता व्यक्ति दलीय राजनीतिक भूमिकामा फर्किँदा लोकतन्त्र कमजोर हुने उनको तर्क थियो ।
एमालेले लोकतन्त्र बलियो बनाउन पूर्व राष्ट्रपतिरउपराष्ट्रपतिहरूले दलीय राजनीतिमा सक्रिय हुन नहुने निर्णय गरेको महासचिव पोखरेलले बताए। उनले भने, ‘यो कुनै एक व्यक्तिलाई हेरेर गरिएको निर्णय होइन। एक जिम्मेवार पार्टीले लोकतन्त्रको भविष्यलाई हेरेर गरेको निर्णय हो।’ नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई राजनीतिमा फर्काएको विषयमा बोल्दै एमाले माओवादीबाट सिक्ने पार्टी नभएको महासचिव पोखरेलले बताए । ‘एमाले लोकतन्त्रको मानक हो,’ उनले भने, ‘माओवादीले के ग¥यो, भनेर एमालेले दृष्टिकोण बनाउने होइन। नेकपा एमालेले माओवादीको अनुसरण नगरी अरूलाई मार्गदर्शन गराउने हो ।’

माओवादी केन्द्रले पूर्व राष्ट्रपति पुनलाई दलीय राजनीतिमा संलग्न गराएर त्रुटि गरेको उनले बताए। ‘माओवादीले गम्भीर त्रुटि गरेको छ। उसले सच्याउनुपर्छ ।’ अर्को प्रसंगमा महासचिव पोखरेलले राजनीतिभित्र हुर्किरहेको अवसरवाद र अराजकतावाद चिन्ताको विषय भएको उनले बताए । पछिल्लो महाधिवेशनमा भीम रावललाई कार्यकर्ताले सर्वसम्मत उपाध्यक्ष बनाउन खोज्दा नमानेकाले अहिले यो हालतमा पुगेको पनि उनले दाबी गरेका छन ।

माधव नेपालले एकीकृत समाजवादी पार्टी चलाउन नसकेर माओवादीमा मिसाउन खोजिरहेको पनि उनले दाबी गरे।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।