Amargadhi Post

रास्वपा सभापतिसहित १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस

अमरगढी पोष्ट समाचार
काठमाडौँ ,जेठ १३ गते । गत वर्ष २३ र २४ भदौको जेन(जी आन्दोलन र प्रदर्शनमा संलग्न रहेको आरोपमा सरकारको नेतृत्व गरिरहेको रास्वपाका १७ सांसदमाथि छानबिन गर्नका लागि राष्ट्रिय मानवअधिकार आयोगले सिफारिस गरेको छ । रास्वपाका सभापति रवि लामिछानेलगायत १७ सांसदमाथि छानबिन गर्नका लागि आयोगले सरकारलाई सिफारिस गरेको हो । आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा रास्वपाका सांसदहरूमाथि छानबिनका लागि सरकारलाई सिफारिस गरेको छ । रास्वपाका नेताहरूलाई समेत छानबिन गर्नुपर्ने सिफारिस गरिएको छ ।

सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी गरिएको भदौ २४ को घटनामा नक्खु कारागारमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने बाहिरिएको घटनालाई लिएर आयोगले छानबिन गर्न भनेको हो । लामिछाने थुनामा रहेको ललितपुर नक्खुस्थित कारागारमा पनि रास्वपाका नेता तथा तत्कालीन सांसदहरू मनिष झा र हरि ढकालसहितको भीडले कारागार घेरेको र सुरक्षाको कारण देखाउँदै रवि लामिछाने कारागारबाट बाहिरिएपश्चात सो कारागारका बन्दीहरू कारागार तोडी बाहिर निस्किएको देखिन्छ,ु प्रतिवेदनमा लेखिएको छ, ुकारागार र बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बालबिझ्याइँकर्तालाई कारागार बाहिर पठाउन सहयोग गरी माथि उल्लेख गरेबमोजिम आम नेपाली नागरिकहरूको मानवअधिकार उल्लंघन हुने कार्यमा रवि लामिछाने र नक्खु कारागार प्रशासक सत्यराज जोशीको पनि संलग्नता रहेको देखिन्छ । पूर्वगृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङलाई जेन(जी आन्दोलन उग्र बनाउन भूमिका खेलेको आयोगको प्रतिवेदनमा उल्लेख छ । ुशान्तिपूर्ण प्रदर्शन गर्ने भनी अनुमति लिएकोमा प्रदर्शन हिंसात्मक हुँदै जाँदा रोक्न नसकेको देखिएकोले आफूले आयोजना गरेको कार्यक्रममा घुसपैठ रोक्न तथा प्रदर्शनलाई हिंसात्मक हुन नदिन आवश्यक कार्य गर्न पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल, खेमराज साउद तथा हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङसमेतलाई थप अनुसन्धान गर्नु आयोगले सिफारिस गरेको छ ।
जेन(जी आन्दोलनपछि भएको चुनावबाट रास्वपाका सांसद बनेकाहरूलाई पनि अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न आयोगले सिफारिस गरेको छ । त्यसरी सिफारिस गरिएका सांसदमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, तोसिमा कार्की, राजीव खत्री, सोम शर्मा, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, आशिका तामाङ, शिव यादव, हरि ढकाल रहेका छन् । ुप्रदर्शनपूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपश्चात जेन(जी प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने निजहरूको सामाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले निजहरू प्रदर्शनमा सहभागिता हुनसक्ने भनी संकलन गरेको प्रतिवेदनसमेतका आधारमा उल्लेख हुन आएको देखिँदा भाद्र २३ र २४ गतेको घटनामा भएको मानवीय क्षति र भौतिक क्षति समेतका कार्यमा निजहरूको संलग्नता रहे नरहेकोु सूक्ष्म अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ । जेन जी आन्दोलनमा सहभागी भएको र घाइतेको उपचार तथा उद्धारमा सहभागी भएकै कारण अनुसन्धान सिफारिस गरिनु सही नभएको रास्वपाका सांसदले बताएका छन् । अनुसन्धान सिफारिस गरिएकोले अब चाँडै आफ्ना बारेमा छानबिन र अनुसन्धान गर्न रास्वपा प्रवक्ता समेत रहेका सा‌ंसद मनिष झाले बताए । ुआयोगले थप अनुसन्धान गर्न भनेर सिफारिस गरेको छ । त्यो अनुसन्धान चाँडै गरियोस् भन्ने अनुरोध छ । निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस्,ु झाले भने । पार्टी सभापति रवि लामिछानेलाई भीडबाट जोगाउनका लागि आफू नक्खु कारागार पुगेको झाको भनाइ छ ।
सांसद तोसिमा कार्कीले भने भदौ २३ मा प्रहरीको गोली लागेर घाइते भएकाहरूलाई उपचार गर्न सिभिल अस्पताल गएको बताइन् । राज्यको तर्फबाट चलेको गोलीले घाइते भएकाको उपचार गर्न गएको आफू अनुसन्धान गर्ने भन्दैमा नआत्तिने उनको भनाइ छ । ुजेन(जी आन्दोलनमा प्रदर्शनकारीको मृत्यु र घाइते हुन थालेपछि चिकित्सक र सांसद भएकाले सिभिल अस्पतालमा उपचार गर्न गएको हो । सामाजिक सञ्जालमा उपचार गर्न जान्छु भन्ने लेखेर गएको हो,ु उनले भनिन्, ुसरकार नै हत्यामा संलग्न भएपछि यसको कठपुतली बनेको संसद्को सदस्य बन्न सक्दैन भनेर सांसद पदबाट राजीनामा पनि दिएको हो । मानवअधिकार आयोगले मानवलाई बचाउन गएको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउनु नपर्ने हो । मानवअधिकार आयोगले अनुसन्धान गर्नू भन्दैमा आपत्ति जनाइहाल्नुपर्ने छैन ।ु आयोगको सिफारिसप्रति रास्वपाका बाग्लुङ(२ बाट निर्वाचित सांसद सोम शर्माले आपत्ति जनाएका छन् । आन्दोलनमा घाइते भएका व्यक्तिलाई नै अनुसन्धानको माग गर्नु सही नभएको उनको भनाइ थियो । ुआयोगको सिफारिसमा मेरो गम्भीर आपत्ति छ । आन्दोलनमा आफैं घाइते भएको मान्छे हो । घाइतेलाई नै दोषी बनाएर कारबाही सिफारिस गरिन्छ भने प्रतिवेदनमाथि नै शंका उब्जिन्छ । जो घाइते छ, राज्यको गोलीबाट बाचेको छ उसैलाई अनुसन्धान गर्नु भनेको छ,ु शर्माले भने, ुअनुसन्धान पर्याप्त नगरी प्रतिवेदन ल्याएको हो कि भन्ने लाग्यो ।ु अनुसन्धानमा बोलाएको ठाउँमा जाने र आफूले जेन(जी आन्दोलनमा सहभागी भएर कुनै गलत नगरेको सांसद शर्माको भनाइ छ । ुफेरि अनुसन्धान होला, जहाँ बोलायो त्यहाँ गएर बोलौंला,उनले भने ।
अनुसन्धानका लागि सिफारिस गरिएका रास्वपा सांसद 

१। रवि लामिछाने

२‍। सुधन गुरुङ

३‍। दीपक बोहोरा

४। मनिष झा

५। गणेश कार्की

६। सुलभ खरेल

७। बब्लु गुप्ता

८। कृष्ण कार्की

९। तोषिमा कार्की

१०। राजिव खत्री

११। शोम शर्मा

१२। केपी खनाल

१३‍। ज्वाला संग्रौला

१४। पुरुषोत्तम यादव

१५। आशिका तामाङ

१६। हरि ढकाल

१७। शिव यादव

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।