Amargadhi Post

डडेल्धुरा पत्रकार महासंघको उद्घाटनशत्र सम्पन्न, बन्दशत्र स्थगित

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,जेठ १३ गते । नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको १६औँ साधारणसभाको उद्घाटन सत्र सोमबार सम्पन्न भएको छ । अमरगढी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल, सरकारी कार्यालय, नागरिक समाज तथा पत्रकारिता क्षेत्रको सहभागितामा उद्घाटनशत्र सम्पन्न भएपनि बन्दशत्र स्थिगित भएको छ । बन्दशत्र संचालन भएपनि सागठनिक प्रतिबेदन र आर्थिक प्रतिबेदन अपुरो अधुरो भएको भन्दै स्थिगत भएको थियो । आर्थिक प्रतिबेदनमा बिगतका हिसाब किताबहरु पारदर्शिता नभएको निर्माण कार्यको लाखौं बजेट खर्च भएपनि आर्थिक प्रतिबेदनमा नआएपछि सहभागीहरुको बिरोध पछि पुनः बन्दशत्र संचालन हुने गरि स्थिगित भएको हो ।
आर्थिक प्रतिबेदन अपुर्ण रुपमा आएको निर्माणको हिसाब किताब नदेखाएको र झण्डै २०७७÷०७८ देखि हाल सम्मको आर्थिक प्रतिबेदन पास हुन सकेको छैन । आर्थिक प्रतिबेदनमा पुर्णता नभएको भन्दै पुन प्रस्तुत गर्ने गरि बन्दशत्र स्थिगित भएको थियो । बन्दशत्र केही समय संचालन भएपनि प्रतिबेदनकै सवालमा बिबाद सिर्जना भएपछि भेलाको गणपुरक संख्या पनि नपुगेकाले बन्दशत्र स्थिगित भएको थियो । उद्घाटनशत्रमा डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक महताले समाज सही दिशामा अघि बढाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सामाजिक सञ्जालको प्रभाव बढिरहेको अवस्थामा सत्य र तथ्यमा आधारित समाचारले समाजलाई मार्गनिर्देशन गरिरहेको उल्लेख गर्नुभयो ।


कार्यक्रममा नेकपाका जिल्ला नेता डम्बर साउदले लोकतन्त्रमा भ्रष्टाचारविरुद्ध कलम चलाउन कुनै दबाब वा प्रभावमा नपर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो । त्यस्तै नेकपा (एमाले) डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले प्रविधिको विकाससँगै पत्रकारितालाई पनि प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। पत्रकारितामाथि अंकुश लगाउने सरकार दीगो नहुने उल्लेख गर्दै एमाले सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्टले पत्रकारमा निराशा बढ्दै गएको बताउँदै वर्तमान सरकारले पत्रकारका अधिकार खोस्न खोजेको आरोप लगाए। उनले पत्रकारको क्षमता विकासका कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकारले आवश्यक कार्यविधि नबनाएको गुनासो गर्नुभयो । महासंघका प्रदेश उपाध्यक्ष मानबहादुर साउदले पत्रकार महासंघ देशभर आन्दोलनरत रहेको जानकारी दिँदै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पत्रकारहरूको भूमिका अविस्मरणीय रहेको बताए। उनले सरकारले मिडिया क्षेत्रमा विज्ञापन रोक लगाएर लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाए । साथै पत्रकारले पनि आत्मसमीक्षा गर्दै निष्पक्ष र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । डडेल्धुराका निमित्त प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले पत्रकारिता र समाजबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै पत्रकार सुरक्षाप्रति प्रशासन सचेत रहेको बताए। सामाजिक सञ्जालमा आउने सूचनाको सत्यतथ्य पत्ता लगाएर मात्रै समाजलाई सुसूचित गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

  नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत शाहले सरकारले मिडिया हाउस तथा पत्रकारका अधिकार संकुचित बनाउन खोजेको आरोप लगाउँदै पत्रकारहरू पनि अनुशासित र जिम्मेवार बन्नुपर्ने बताए । कार्यालयमा गएर कर्मचारीलाई धम्क्याउने वा दबाब दिने प्रवृत्तिले पत्रकारिताको विश्वसनीयता कमजोर बनाउने उनको भनाइ थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मुकुन्दप्रसाद भण्डारीले मिडिया हाउसमाथि सरकारले विभिन्न प्रकारका अंकुश लगाउन खोजेको भन्दै त्यसविरुद्ध महासंघ आन्दोलनमा रहेको बताए। उनले सञ्चारकर्मीहरू अन्योलपूर्ण अवस्थामा काम गर्न बाध्य भएको उल्लेख गर्दै परिवर्तनका आन्दोलनमा पत्रकारहरूको योगदान राज्यले बिर्सन नहुने धारणा राखे। कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले सुशासन, विकास र लोकतन्त्र मजबुत बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए।

 उनले पत्रकारहरूलाई खोज पत्रकारितामा केन्द्रित हुन आग्रह गर्दै पत्रकारितामा कुनै प्रकारको सिन्डिकेट सुहाउँदो नहुने धारणा व्यक्त गर्नुभयो । उद्घाटन सत्रमा विभिन्न विधामा सक्रिय पत्रकारहरूलाई सम्मान पनि गरिएको थियो । सक्रिय पत्रकारिता पुरस्कारबाट अमरगढी एफएमकी स्टेशन म्यानेजर ममता भट्ट सम्मानित भएकी छन । खोज पत्रकारिता पुरस्कार गोरखापत्र डडेल्धुराका संवाददाता पुष्कर भण्डारीलाई प्रदान गरिएको थियो भने युवा सशक्त पुरस्कार सिमाना न्युजका सहसम्पादक शेरबहादुर भण्डारीलाई प्रदान गरिएको थियो । पत्रकार महासंघ डडेल्धुरा जिल्ला शाखाका संस्थापक सदस्य बाबुराम श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।