Amargadhi Post

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बिहीबारबाट डडेल्धुरामा सुरु

लक्ष्मी ऐर
डडेल्धुरा,जेठ १३ गते । सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा पहिलो पटक प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रपति रनिङ शिल्डको १६औँ संस्करण बिहीबारदेखि डडेल्धुरा सदरमुकामकका हुने भएको हो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले दिएको जानकारी अनुसार १४ देखि १६ गते डडेल्धुरामा खुल्ला प्रतियोगिता हुने भएको हो ।
“छ वटा खेल सहभागी प्रतियोगितामा नौ जिल्लाका करिब ९०० खेलाडी सहभागी हुनेछन्”, सदस्य सचिव खड्काले भने, “त्यसका लागि सबै तयारी पूरा भएर खेलाडी डडेल्धुरा आउनेक्रम जारी रहेको बताईएको छ ।

 विगतमा कञ्चनपुर र कैलालीमा मात्रै प्रदेशस्तरको रनिङ शिल्ड आयोजना हुने गरेको बताउँदै खड्काले सात पहाडी जिल्लामध्ये पहिलो पटक डडेल्धुरामा खेलको आयोजना हुन लागेको छ । प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियलको समग्र व्यवस्थापन प्रदेश खेलकुद परिषद्ले गरेको छ। “डडेल्धुरा खेलकुद समितिबाट सहयोग भएको छ”, उनले भने, “प्रत्येक जिल्लाबाट १०७ जना खेलाडी सहभागी हुने भनेको छ, ।”
प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भलिबल, पुरुष तथा महिला कबड्डी, उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्स खेलमा प्रतिस्प्रर्धा हुनेछ।
प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुहुदै डडेल्धुरा खेलकुद बिकास समितिका अध्यक्ष जगतबहादुर ऐरले बिहिबार एक औपचारिक कार्यक्रमका बिच भब्य उद्घाटन भएर सुचारु हुने बताउनु भएको छ । गर्मियामको मौसमका हिसाबले तराईमा खेलाढीहरुका लागी उपयुक्त हुन नसक्ने भएपछि पहाडी जिल्ला त्यसमा पनि हरेक हिसाबले केन्द्र बिन्दुमा रहेकाले डडेल्धुरा जिल्ला छनौट गरिएको ऐरले बताउनुभयो ।

 खेल मैदानको अभाब र ब्यबस्थापनका लागी अलि चुनौती भएपनि मौसमका हिसाबले असाध्यै उपयुक्त भएकाले प्रदेश स्तरिय रनिङ शिल्ड जिल्लामा आयोजना गरिएको ऐरले जानकारी दिनुभयो । सुदुरको पहाडी जिल्लामा खेलाडीहरु भरिभराउ भएपनि राज्यको हेर्ने दृष्टीकोण र खेलकुद क्षेत्रमा बिनियोजित हुने बजेट अभाबले अपेक्षा गरे अनुरुप हुन नसकेको गुनासो उहाँले गर्नुभयो । तिन दिन सम्म संचालन हुने खेल प्रतियोगितालाई सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको भन्दै अध्यक्ष ऐरले भब्य र सभ्य रुपमा प्रतियोगिता संचालन गर्ने उदेश्यका साथ लागि परेको बताउनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।