Amargadhi Post

मन्त्री खड्काद्धारा राष्ट्रपति रनिङ शिल्डको उद्घाटन

लक्ष्मी ऐर 
डडेल्धुरा,जेठ १४ गते । सुदूरपश्चिम प्रदेशका समाजिक बिकास मन्त्री मेघराज खड्काले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको बिहिबार उद्घाटन गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा डडेल्धुरामा सुरु भएको १६ औं राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्नुहुदै मन्त्री खड्काले खेलकुद क्षेत्रको बिकासका लागी प्रदेश सरकार लागी परेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काको सभापत्विमा आयोजित कार्यक्रममा मन्त्री खड्काले खेल क्षेत्रको बिकास र सम्भाबनाका लागी सबै क्षेत्रबाट साथ र सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
सिमित साधन श्रोत छ त्यसैमा हरेक क्षेत्रमा बजेट बिनियोनित गर्नुपर्ने चुनौती छ मन्त्री खड्काले भन्नुभयो तर पनि आगामी बजेटमा खेलकुद क्षेत्रमा प्राथमिकता रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । गर्मिमौसममा तराईका जिल्लामा प्रतियोगिता संचालन गर्न निकै कठिनाई हुने भएपछि मौसमी र ९ वटै जिल्लाको पायक पर्ने जिल्लाका रुपमा डडेल्धुरा रहेको समेत उहाले बताउनुभयो ।
खेलाडी र दर्शकहरुका लागी यो गर्मि मौसममा पनि शितल बाताबरणमा खेल प्रतियोगिता गर्न पाउदा निकै हर्षित भएको बताउनुहुदै उहाँले खेलाडीहरुको पहिचान र सम्मान गर्नुपर्ने बताउनुभयो । खेलकुदको क्षेत्रबाट देशको पहिचान भईरहेको भन्दै खेल क्षेत्रको उपेक्षा गर्न नहुने भन्दै मन्त्री खड्काले खेलकुद क्षेत्रमा आबश्यकता अनुसार सरकारले बजेट बिनियोजित गर्न नसकेको कुरा यर्थात भएको बताउनुभयो । कार्यक्रममा प्रदेश निति आयोगका सदश्य शेरबहादुर भण्डारी,जिल्ला समन्यय समितिका प्रमुख गगनसिह भण्डारी,अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशी,सिखर नगरपालिकाका नगर प्रमुख दिर्घबहादुर बलायर,नबदुर्गा गाँउपालिकाका अध्यक्ष लक्ष्मीप्रशाद अबस्थी लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

 जिल्ला खेलकुद बिकास समिति डडेल्धुराका अध्यक्ष जगत ऐरले स्वागत मनतब्य राख्नु भएको थियो । ९ वटै जिल्लाका करिब ९०० खेलाडी सहभागी छन । प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भलिबल, पुरुष तथा महिला कबड्डी, उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्स लगायतका खेलहरु बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता तिन दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।