मानबहादुर साँउद
डडेल्धुरा भदौं २० गते । संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालको अध्यक्ष बन्न २० जनाले आवेदन दिएका छन् । तिन जना सदश्य पदका लागी १४ जनाको आवेदन परेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल विकास समिति गठनका लागि अध्यक्ष तथा सदस्य पदमा सात दिने आवेदन आह्वान गरेको थियो । मन्त्रालयले सार्वजनिक गरेको विवरणमा अध्यक्ष पदका लागि रामदत्त जोशी, लोकराज भट्ट, कृष्णदत्त जोशी, जितराज भट्ट,लक्ष्मीप्रसाद भण्डारी, शंकरबहादुर बिक, तेजबहादुर भण्डारी,तेज राज भट्ट, दमन महता,सुरेशबहादुर थापा,छत्रराज जोशी,नवराज धिक्त, रामदत्त पन्त, यादव प्रसाद ओझा, लोकेन्द्रबहादुर ओझा, हरिप्रसाद उप्रेती, प्रकाश मडै, त्रिलोक्यनाथ पाण्डेय, एलिना गिरी र लक्ष्मण सिंह रहेका छन ।
यसैगरी सदस्य पदका लागि बिक्रम जैरु, लक्ष्मीकुमारी ऐर, जनकबहादुर मल्ल, अमृत बिष्ट, दिपक बहादुर ऐर, तिलकराज पाठक, नवराज धिक्त, प्रेमबहादुर साँउद, बिक्रम मल्ल, शान्तिकुमारी बिष्ट,हरिबहादुर साउद, निरज सिजापती, इन्द्रकुमार माली र सुरत तमोलीले आवेदन दिएका छन् । डडेल्धुरा अस्पताल विकास समितिमा एक अध्यक्ष, दुई पुरुष सदस्य र एक महिला सदश्य चयन हुनेछन् ।
पहिलो पटक डडेल्धुरा अस्पताल बिकास समितिको अध्यक्ष देखि सदश्य पदका लागी खुल्ला बिज्ञापन खोलेको पहिलो पटक हो । बिगत देखि अस्पताल बिकास समिति सत्तासिन पार्टीको सिफारिसमा छनौट हुने प्रणाली थियो । जुन प्रणालीले योग्य सक्षम ब्यक्तिको हातमा नर्पदा अस्पताल थला परेको छ ।
अस्पताल भित्र बिकृती र भ्रष्टाचार मौलाउने र सेवा प्रभाबकारी बनाउन नसकेको बिगतका अस्पताल बिकास समितिलाई लागेपछि मन्त्रालयले खुल्ला बिज्ञापन आह्वन गरेको छ तर निष्पक्ष छनौट गरि सक्षम र योग्य ब्यक्ति छनौट गर्नुपर्नेमा स्थानियको सुझाब छ ।
अस्पताल भित्र राजनिति हाबी भएका कारण समस्या आएको स्थानियको निष्कर्ष छ त्यसैले रास्वपाले त्यो कुरालाई स्किार गर्ला की नर्गला यो भने हेर्न बांकी छ । बिकास समितिको जिम्मेवारी अस्पतालको सेवा प्रभाबकारी बनाउन र बिरामीहरुलाई सहज उपचार गराउने प्रबन्ध मिलाउने दायित्य हो तर कमाउधन्दाका लागी जे पनि गर्न तयार भएपछि अस्पतालको अबस्था नराम्रो संग खस्किएको छ ।



