Amargadhi Post

युबाहरु ब्याबसायीक कृर्षितर्फ आकर्षित

मानबहादुर साँउद
अमरगढी,भदौं,२६ गते । पछिल्लो केही बर्षयता देखि नेपाली युबाहरुले आफ्नो भबिश्य क्षेत्रमा देख्दै अघि बढीरहेको देख्न सकिन्छ । डडेलधुरामा मात्रै पछिल्लो समय दर्जनौं युबाहरु बैदेशिक रोजगार छोडेर आफ्नै खेतबारीमा ब्याबसायीक कृर्षि खेतीमा जुटेकाछन ।
कृर्षि क्षेत्रलाई ब्याबसायीक बनाउन अहोरात्र खटिएका युबा उद्यमीहरु बढीजसो आलु,गोलभेडा खेती तर्फ बढी आर्कर्शित छन । आलु खेतीबाट लोभलाग्दो कमाइ रहेको उनहरुको बिश्लेषण छ ।
ओमानको थ्रिलेक्स कम्पनीमा दैनिक १० घण्टा काम गरेर महिनाको ४० हजार रुपैयाँ कमाउने अमरगढी नगरपालिका २ का रोशन ऐरले अहिले सातरोपनी जग्गामा आलु खेतीगरी एकवर्षमा १४ लाख भन्दा बढी कमाउने गरेको बताउँछन ।
घर फर्किदा ऐरले सातलाख रुपैयाँमात्रै ल्याएका थिए । त्यो रकम आलु खेतीमा लगाएका थिए  । तिन बर्षमा मजदुरी गरेर कमाएको रकमभन्दा एकै वर्षमा ठिक दोब्बर कमाई भएको उहाँको भनाई थियो । विदेशमा बिताएको समयलाई फर्केर हेर्दा अहिले पछुतो लाग्छ ऐरले भन्नुभयो— बिदेशमा जति मिहेनत गछौं त्यती मिहिनेत मात्रै कृर्षि क्षेत्रमा गर्ने हो भने सोचेका भन्दा कैयौं गुना मुनाफा गर्न सकिदो रहेछ । यस्तो भनाई उनको मात्रै छैन कैयौ युबाहरुको भनाई उनको जस्तै पाउन सकिन्छ । भागेश्वर गाउँपालिका ४ का प्रमोद जैसीले पनि ४ वर्ष कतारको गर्मीमा पसिना बगाए तर फर्किदा सोचे जस्तो उपलब्धी नहँुदा निरास भएर फर्किएको बताँउछन ।
त्यहाँ दैनिक आठघण्टा जति मजदुरी गर्नुपदथ्यो । कमाएको रकमले गाउँमा फर्किएपछि बाँझो जमिन लिजमा लिएर आलु खेती सुरु गरेको जैशी बताँउछन । दुई वर्षदेखि आलु खेती गरिरहेका जैसीले पनि पत्याउनै नसकिने गरी प्रगति गरेका छन । कतारमा चारवर्षको कमाइभन्दा हिउँदे सिजनमा आलु खेती गरेर बढी कमाएको बताउछन । आलुको बीउ उत्पादनमा दुई लाख लगानी गरेर एकै सिजनमा आठ लाख मुनाफा गरेको समेत जैशी बताँउछन ।
विदेशवाट फर्किएका यी दुई मात्र होइनन,पछिल्लो समय डडेलधुरामा एकसयभन्दा बढी युवाले आलु खेतीबाट लोभलाग्दो कमाइ गरेका छन । गाउँगाउँमा आलु खेती गर्न युवाबीच होडबाजी नै चलेको छ । उहाँहरूको जीवनशैलीमा परिवर्तन आएको छ । अन्य तरकारी खेती भन्दा कम परिश्रम र लगानी लाग्ने, वन्यजन्तुबाट जोगाउन सहज हुने र जुनसुकै सिजनमा पनि सहज रूपमा बजार पाउनेभएपछि आलु खेतीतर्फ युवाको आकर्षण बढेको हो ।
आलु खेतीबाट हुनेमनग्य आम्दानी देखेर बिदेसिने युवाहरूमा निकै कमी आएको छ, विदेशमा रोजगारी गरेर फर्केका युवाबारे अध्ययन गरिरहेको ग्राम्य विकास तथा अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता खेम उपाध्यायले भन्नुभयो — विदेशबाट फर्केका युवाले रोजगारीका लागि विदेश जान चाहनेलाई पनि आलु खेतीमा आकर्षित गरिरहेको देखिएको छ । हरेक घरका भान्सामा नभई नहुने आलुको बजार सहज भएकाले पनि धेरैको रोजाइमा आलु खेती परेको उहाँको भनाइ छ । विभिन्न स्थानीय तहले पनि यस्ता कृर्षकहरूलाई सहज रूपमा अनुदान दिन थालेपछि युवाको पहिलो रोजाइ आलु खेती हुनथालेको छ ।
युवाहरू उत्पादनशील क्षेत्रमा लाग्न थालेपछि स्थानीयतहले पनि विशेष कार्यक्रम बनाएर यस्ता कृर्षकलाई अनुदान दिने प्राविधिक सहयोग गर्ने र बजार व्यवस्थापनमा सहजीकरण गर्न थालेको छ । भागेश्वर गाउँपालिका प्रमुख कौशीला भट्टले भनिन—आलु उत्पादन मात्र होइन अन्य व्यावसायिक रूपमा तरकारी खेतीमा लाग्ने युवालाई प्रोत्साहन गर्न गाउंँपालिकाले विशेष कार्यक्रम बनाएको छ ।
सम्भावना भएको क्षेत्रमा आलु खेती, तरकारी खेती, फलफूल खेती र फलफूलका बोटबिरुवा उत्पादनमा लागेका युवालाई गाउँंपालिकाले प्राविधिक सहयोग मात्र नभई आर्थिक सहयोग गर्नसमेत कार्यक्रम लागू गरेको उहाँले बताउनुभयो । रोजगारीका लागि बिदेसिने युवालाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्न नीति तथा कार्यक्रममै व्यवस्था गरेर गाउंँपालिकाले कार्यक्रम सञ्चालन गरिरहेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आलु सुपरजोन कार्यक्रमलेपनि यस्ता कृर्षकलाई प्राविधिक सहयोगसँगै बर्सेनी प्रोत्साहन भत्तासमेत उपलब्ध गराउन थालेको छ । आलु सुपरजोन कार्यक्रमबाट गतआर्थिक वर्षमा १ हजार ५ सय ९५ जना आलु खेती गर्नेयुवालाई प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत १४ लाख रुपैयाँ वितरण गरिएको छ । हिउँंदे आलुखेती गर्ने ६०६ जनालाई ४ लाख ८५ हजार र बर्खे आलुखेती गर्ने ९८९ जनालाई ९ लाख १४ हजार रुपैयाँ वितरण गरेको आलु सुपरजोन कार्यक्रम डडेल्धुराका प्रमुख खेमराज जोशीले जानकारी दिनुभयो ।
आलु सुपरजोन कार्यक्रमअन्तर्गत मात्र डडेल्धुरामा ९९.३ हेक्टर क्षेत्रफलमा हिउँदमा आलु खेती हुने गरेको छ भने १३०.७ हेक्टर क्षेत्रफलमा वर्षातको सिजनमा आलु खेती हुनेगरेको छ । सुपरजोन कार्यक्रमबाहेक कृर्षि ज्ञान केन्द्र, स्थानीय तहका कृषि शाखा कृषिमा कार्यरत विभिन्न गैससको प्रत्यक्ष सहयोगमा डडेलधुरा जिल्लामा झन्डै आठसय हेक्टर क्षेत्रफलमा पछिल्लो समय आलु खेती भइरहेको छ । अमरगढी नगरपालिका,गन्यापधुरा गाउँपालिका, भागेश्वर गाउँपालिका, परशुराम नगरपालिका र अजयमेरु गाउँपालिका गरि १६ सय बढी युवा आलु खेतीमा संलग्न रहेको जनाएको छ । डडेलधुराको भातकाँडामा रहेको शीत भण्डारमा मात्र हिउँदे सिजनमा ३ करोड भन्दा बढीको आलु भण्डारण गरिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।