Amargadhi Post

सातवटै प्रदेशको आज बजेट स् यस्तो छ मुख्य प्राथमिकता

0 117

अमरगढी रैबार सम्बाददाता
काठमाडौँ, १ असार । देशका सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७७र७८ को बजेट ल्याउँदै छन् । देश संघीय संरचनामा गएपछि प्रदेश सरकारहरुले तेस्रोपटक बजेट ल्याउन लागेका हुन् । प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्छ । यसपटकको बजेटमा प्रदेश सरकारहरुले चालू वर्षमा विनियोजन गरिएको बजेटको अंक १० प्रतिशत बढीले घटाउँने तयारी गरेका छन् । सबैतिर स्रोत खुम्चेको कारण प्रदेश सरकारलाई पनि बजेट घटाउनुपर्ने बाध्यता आएको हो । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा प्रदेश सरकारलाई दिने अनुदान साढे ९ अर्ब रुपैया घटाएका छन् । संघीय सरकारले नै यस वर्ष प्रदेश सरकारलाई दिने अनुदान घटाएको छ। प्रदेशहरुलाई पनि आगामी आर्थिक वर्षको बजेट घटाउनुपर्ने बाध्यता छ। संघीय सरकारले प्रदेशको लागि चालू वर्षमा १ खर्ब १ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

आगामी आर्थिक वर्षमा भने ९१ अर्ब ५४ करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ । प्रदेश सरकारहरुले कृषि, रोजागारी सिर्जना, स्वास्थ्य ९कोभिड नियन्त्रण० सहितका कामलाई प्राथमिकतामा दिएर बजेट ल्याउने तयारी गरेका छन् । प्रदेश सरकारहरुले यसअघिका दुई आर्थिक वर्षमा विनियोजन गरेको बजेट पूर्ण क्षमतामा खर्च गर्न सकेका छ्रैनन् । जसको सर्वत्र आलोचनासमेत हुदै आएको छ । संघीय राजधानीसमेत रहेको बागमती र गण्डकी प्रदेश सरकार गत वर्ष भन्दा बजेटको आकार केही बढाउने तयारी गरेका छन् । बागमतीले चालू वर्षको तुलनामा करिब ४ अर्ब रुपैयाँ वृद्धि गरेर बजेट ल्याउने तयारी गरेको छ । प्रदेश १, २ र कर्णाली प्रदेश सरकारले भने गत वर्षभन्दा बजेटको आकार केही घटाएका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।