Amargadhi Post

डडेल्धुरालाई खेलकुदको हब बनाउनुपर्नेमा जोड

लक्ष्मी ऐर 
डडेल्धुरा,बैसाख १७ गते । खेलकुद क्षेत्रका लागी डडेल्धुरा जिल्ला हब बन्न सक्ने निकै सम्भाबना भएको भन्दै सामुहिक प्रतिबद्धताको खाँचो रहेको बताईएको छ । स्वास्थ्यका लागी खेलकुद,राष्टको लागी खेलकुद भन्ने नाराका साथ बिहिबार खेलकुद बिकास समिति डडेल्धुराले आयोजना गरेको समग्र खेलकुद क्षेत्रको बिकासका लागी हाम्रो भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले डडेल्धुरालाई खेलकुद क्षेत्रको हबका रुपमा बिकास गरिनुपर्नेमा जोड दिईएको थियो ।
खेलकुद बिकास समिति डडेल्धुराको नया नेतृत्व नियुक्ती भएपछि पहिलो पटक खेलाडी तथा सरोकारवाला पक्षहरुका बिचमा डडेल्धुराको खेलुकद क्षेत्रको बिकासको सम्भाबना र चुनौतीका बिषयमा सुझाब संकलन लिने क्रममा सहभागीहरु हवापानीको दृष्टीकोणले डडेल्धुरा जिल्ला खेलकुदका लागी निकै सम्भाबना बोकेको जिल्लाका रुपमा हेर्न सकिनेमा जोड दिएका छन ।
खेलकुद बिकास समिति डडेल्धुराका अध्यक्ष जगतबहादुर ऐरको अध्यक्षतामा भएको उक्त अन्र्तक्रिया कार्यक्रममा अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीले खेलकुद क्षेत्रको बिकासका लागी आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । डडेल्धुरा जिल्लाबाट थुप्रै खेलाडीहरु राष्टिय तथा अन्र्तराष्टिय रुपमा खेल खेलेर देशको शिर उचो बनाएको प्रशंग कोट्याउदै खेल क्षेत्रले जिल्लाको पहिचान निर्माण गर्नेमा आफु बिश्वस्त रहेको मेयर जोशीले बताउनुभयो ।


खेलकुदको भौतिक संरचना,प्रतियोगिताका लागी आबश्यक बजेट र खेलाडी उत्पादनका लागी खेलकुद बिकास समितिले आगामी दिनमा गर्ने योजनाहरुमा अमरगढी सरकारको सहयोग रहने प्रतिबद्धता समेत नगर प्रमुख जोशीले गर्नुभएको थियो ।
कार्यक्रममा क्रिकेट संघका सुदुरपश्चिम अध्यक्ष बासुदेब जोशीले खेलकुदका लागी डडेल्धुरा प्रचुर सम्भाना हुदा हुदै पनि जिम्मेवार निकाय तथा जनप्रतिनिधीहरुको आबश्यक सहयोग हुन नसक्दा यो जिल्ला खेलकुदको हब हुन नसकेको गुनासो गर्नुभयो ।
खेलाडी उत्पादन भए तर उनीहरुको संरक्षण हुन नसक्दा आत्मगलानी भएको छ जोशीले भन्नुभयो खेलाडीहरुको सम्मान र संरक्षण गर्न नसक्दा खेलाडीहरुको प्रतिभा दिनप्रति दिन नैराश्यतामा परिणत हुनु बिडम्बना भएको छ ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका सुदुरपश्चिम प्रदेश उपाध्यक्ष मानबहादुर साँउदले डडेल्धुराको खेलकुद क्षेत्रमा राज्यको हेर्ने दृष्टीकोण ठिक नभएको भन्दै युबा तथा खेलाडीहरु सकृयताले डडेल्धुरा जिल्लालाई खेलकुदको हब बनाउन सकिने बताउनुभयो ।
खेलकुद क्षेत्रका समस्या जहिल्य पनि गुनासो मात्रै गर्ने थलोका रुपमा परिणत भयो अब केही गरौं युबाहरु जागौं अबश्य खेलकुद क्षेत्रको हब बनाउन सकिन्छ उपाध्यक्ष साउदले भन्नुभयो तिन तहका सरकार संग समन्वय सहकार्य र दबाब सिर्जना गर्नु आबश्यक भएको भन्दै खेलाडीहरुको सकृयतामा निर्भर रहेको बताउनुभयो ।
कार्यक्रममा खेलकुद बिकास समितिका पुर्ब अध्यक्ष डम्बरबहादुर थापा, भलिबल प्रशिक्षक नरेश थापा,खेलाडी निरज रावल,नागरिक समाजका अध्यक्ष रमेश प्रशाद जोशी,पत्रकार टेकराज अबस्थी लगायतका सहभागीहरुले खेलकुद क्षेत्रको बिकासकालागी आफुहरुको सहयोग रहने प्रतिबद्धता जनाएका छन । यही बैसाख ३० र ३१ गते जिल्लास्तरीय राष्टपति रनिग शिल्डका लागी बृहत तयारी भईरहेको खेलकुद बिकास समितिले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।