लक्ष्मी ऐर
डडेल्धुरा,साउन ९ गते । केही दिनयता देखि परेको अबिरल वर्षाका कारण अबरुद्ध बनेको पोखरा—बेलापुर सडक खण्ड शनिबार बिहान ८ बजेबाट सुचारु भएको छ ।
बर्षातका कारण खोलामा आएको बाढीले सडक बगाएपछि नबदुर्गा गाँउपालिकाले मर्मत गरेर सडक सुचारु गरेको छ ।
अबरुद्ध सडकका कारण नबदुर्गा गाँउपालिका र सिगास गाँउपालिकाका बिभिन्न वडाका बस्तीहरुका जनताहरुले सास्तीहरु भोगिरहेका थिए ।
खोलामा आएको बाढीले कल्पट बगाएपछि पुर्णतया बन्द भएको सडक सुचारुका लागी जिल्ला प्रशासन कार्यालय डडेल्धुरा,पुर्बाधार बिकास कार्यालय र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सहकार्यमा सडक सुचारु भएको नबदुर्गा गाँउपालिका वडा नं. १ का अध्यक्ष शेरबहादुर साँउदले जानकारी दिनुभएको छ । अबरुद्ध बनेको उक्त सडक खण्ड पाच दिनपछि बल्ल सुचारुमा आएको साउदले बताउनुभयो ।


