सम्पादकीय
नेपालमा पछल्लिा वर्षमा बाढीपहरिो, डुबान, हमिपहरिो र हमिताल वस्फिोटबाट जनधनको क्षत िहुने गरेको छ । बुधबार बहिान रसुवा जल्लिा र यसको तल्लो तटीय क्षेत्रमा अकल्पनीय क्षत िभयो । रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीपहरिोेले सीमावर्ती क्षेत्र टमिुरे, स्याफ्रुबेँसी, रसुवागढीलगायतका क्षेत्रमा गरेको अकल्पनीय जनधनको क्षतलिे सङ्गिो राष्ट्रलाई स्तब्ध बनाएको छ । यस्तो क्षतीको सामना गर्न सबै नेपालीहरु एकताबद्ध हुन जरुरी छ । ठुलो धनजनको क्षती भएको छ यस्तो बिपत्तीमा सबै एकताबद्ध भएर सामना गर्नुको बिकल्प छैन । फेरी पनि साबधानी अपनाउनु पर्ने बेला छ । तब्बितमा भीषण वर्षासँगै हमिताल वस्फिोटका कारण अचानक बाढीपहरिो आएको अनुमान गरएिको छ । यो वपित्मा केही नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वद्यिुत् तथा भन्सार कर्मचारी, पर्यटक तथा पदयात्री र स्थानीयवासीसमेत सम्पर्कवहिीन छन् । यस वपित्मा अर्बौं रुपयिाँका भौतकि पूर्वाधार, सवारीसाधन, जलवद्यिुत् आयोजना ध्वस्त र क्षतग्रिस्त भएका छन् । भोटेकोशी र त्रशिूली नदीको तटीय क्षेत्र क्षतग्रिस्त बनेको छ । बाढीपहरिोले टमिुरे बजारका बस्ती, व्यापारकि प्रतष्ठिान, सुरक्षा नकिायका कार्यालय बगाएको छ । रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षत पुग्नुका साथै जाँचपासका लाग िराखएिका सयौँ नयाँ गाडी बाढीको लेदोमा पुरएिका वा बगेका छन् । चलिमिेलगायतका महषवपूर्ण जलवद्यिुत् आयोजना र २२० केभी सबस्टेसनमा क्षत पुगेको छ । सडक सञ्जाल र पुलहरू बगाएका कारण प्रभावति क्षेत्रमा स्थलमार्गबाट पुग्न कठनि भएको छ । यस बाढीपहरिोको असर नुवाकोट, धादङि, गोरखा र चतिवनसम्म परेको छ ।
आकस्मकि वपित्त िआएको सूचना पाउनेबत्तिकिै प्रधानमन्त्री वालेन्द्र शाहको नर्दिेशनमा नेपाली सेना तथा नजिी क्षेत्रका हेलकिोप्टरमार्फत तत्काल उद्धार, राहत र चकित्सिक टोली पठाएर युद्धस्तरमा उद्धार तथा राहतको कार्य भइरहेको छ । स्थलमार्गबाट उद्धार तथा राहत टोली घटनास्थल पुगेका छन् । तनिै तहका सरकार, राजनीतकि दल, सामाजकि सङ्घ संस्था तथा आमनागरकि उद्धारमा खटएिका छन् । वपित्को खबरलगत्तै सम्भावति जोखमिलाई दृष्टगित गरी काठमाडौँबाटै तल्लो तटीय जल्लिातर्फ जाने सवारीसाधन यतै रोकएिका छन् । बुधबार बसेको मन्त्रीपरषिद्को आकस्मकि बैठकले यस वपित्बाट भएको जनधनको क्षतप्रित िदुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनर्बासमा कुनै कमी आउन नदनिे नर्णिय गरेको छ । सरकारले प्रभावति स्थानीय तहलाई तीन महनिाका लाग वपित् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । यस्तो वपित्का बेला सञ्चारजगत् र सामाजकि सञ्जाल बढी जम्मिेवार बनेर सही तथा तथ्यपरक सूचना प्रवाह गर्नु पर्छ ।
नेपाल भौगोलकि रूपमा वपित्को उच्च जोखमिमा रहेको मुलुक हो । वशिेष गरी पहाडी र हमिाली क्षेत्र भूगर्भीय रूपमा अत्यन्तै कमजोर छन् । त्यसमाथ िजलवायु परविर्तनका कारण वश्विव्यापी रूपमा बढ्दो तापक्रमले गर्दा हमिाली क्षेत्रमा हमिताल फुट्ने र छोटो समयमा मुसलधारे वर्षा भई आकस्मकि बाढीपहरिो आउने व्रmम तीव्र बनेको छ । यस्ता प्राकृतकि चव्रmको सामना गर्न हाम्रो राज्य संयन्त्रलाई अत्याधुनकि सूचना प्रवधि र स्रोतसाधनले भरपर्दो बनाउनु पर्छ । वपित्का बेला तत्कालै सेना, प्रहरी र स्वयंसेवक उद्धारमा खटाउने तत्परताले मात्रै अब पुग्दैन, पूर्वतयारीलाई प्रभावकारी बनाउनु पर्छ । तब्बित क्षेत्रबाट यत िठुलो वपित् आउँदा नेपालतर्फ समयमै पूर्वसूचना प्राप्त हुन नसक्दा ठुलो जनधनको क्षत िभयो । नेपाल र चीनबचि सीमापार वपित् व्यवस्थापन र सूचना आदानप्रदानका संयन्त्रको काम प्रभावकारी बनाउनु पर्छ । भोटेकोशी, त्रशिूली जस्ता सीमापार नदीहरूको माथल्लिो तटीय क्षेत्रको मौसमी अवस्था र सम्भावति वपित्बारे दुई देशका प्रावधिकि नकिायबचि चौबसिै घण्टा सूचना आदानप्रदान हुने संयन्त्रलाई तत्काल व्यावहारकि रूपमा सव्रय बनाउन आवश्यक छ । टमिुरेमा बाढी आइपुग्नुभन्दा आधा घण्टा मात्र अघ िपूर्वसूचना पाउन सकएिको भए मानवीय क्षत िकम गर्न सकन्थ्यिो । वकिास र वातावरणीय सन्तुलनबचिको तालमेल नमल्दिा पन िक्षतकिो मात्रा बढेको छ । नदी कनिारका संवेदनशील क्षेत्रमा बनिाकुनै वैज्ञानकि अध्ययन बस्ती बस्न दनिु, भन्सार यार्ड र जलवद्यिुत्गृह जस्ता संवेदनशील संरचना नर्मिाण गर्दा नदीको ऐतहिासकि बहाब र सम्भावति बाढीको उच्च वन्दिुलाई बेवास्ता गर्नु हुँदैन । अब पुनरुत्थानको काम गर्दा ती क्षेत्रमा पुराना भौतकि संरचनालाई जस्ताको त्यस्तै बनाउनेभन्दा पन िपर्यावरणमैत्री र वपित् थेग्न सक्ने गरी पुनर्नर्मिाणको अवधारणा अङ्गीकार गर्नुपर्छ । अहलिेको प्राथमकि आवश्यकता भनेको प्रभावति क्षेत्रमा अहोरात्र खटएिर खोज तथा उद्धार कार्यलाई अझ तीव्र पार्नु हो । सम्पर्कवहिीन भएका सुरक्षाकर्मी र नागरकिको खोजीका लाग िराज्यका सम्पूर्ण आधुनकि प्रवधि र संयन्त्र परचिालन गरनिु पर्छ । वपित्पीडति वस्थिापति नागरकिलाई तत्काल सुरक्षति आश्रय, खाद्यान्न, शुद्ध खानेपानी र स्वास्थ्योपचारको प्रबन्ध मलिाउनु तनिै तहका सरकारको साझा दायत्वि हो । वपित् केवल भवतिव्य होइन, यो हाम्रा कमजोरी सुधार्ने एउटा कठोर चेतावनी पन िहो । रसुवाको यो त्रासदीबाट पाठ सक्दिै वपित् व्यवस्थापनको नीतलिाई ॅउद्धारमुखी’ बाट ॅपूर्वतयारीमुखी’ बनाउन ढलिाइ गर्नुहुँदैन ।
