लक्ष्मी ऐर
डडेल्धुरा भदौं १७ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बजेट बिहिनताको अबस्थाले समस्या सिर्जना भईरहेको भन्दै छिट्टै बजेट आउने बताउनु भएको छ । मंगलबार साँझ गृह जिल्ला डडेल्धुरा आईपुग्नु भएका मुख्यमन्त्री भट्टले बुधबार बिहान आयोजना भएको पत्रकार सम्मेलनमा फाष्टट्रयाक बाटै भएपनि बजेट ल्याईने बताउनुभयो । बिगतको सरकारले ल्याएको बजेट संसदबाट फेल भईसकेको छ अब गठबन्धन सरकारका बिचमा गृहकार्य भईरहेकाले बजेटमा पुर्नलेखनको काम सुरु भईरहेको उहाँले बताउनुभयो । जनताका समस्या र आबश्यकताका आधारमा बजेट आउनेकुरामा ढुक्क रहन जिल्लाबासीलाई आग्रह गर्नुहुदै मुख्यमन्त्री भट्टले जनजीविकासँग जोडिएका र बिचौलियाबाट मुक्त योजनाहरु आउने दाबी गर्नुभयो ।
बिचौलीका कारण पटक पटक प्रदेश सरकारको बदनामी भईरहेको भन्दै आगामी बजेटमा बिचौलीयाका योजनाहरु पुर्णतया निशेध गर्र्ने गरि अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । डडेल्धुरा जिल्ला सात पहाडी जिल्लाको केन्द्र बिन्दु भएकाले जिल्लाका आयोजनाहरुमा बजेट छुट्याईने बताउनु भएको छ ।
मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका मुख्यमन्त्री भट्टले भीमदत्त राजमार्गलाई बैकल्पिक राजमार्गका आधारमा लिपना दैजी जोगबुढा सडक महत्पुर्ण योजनाका रुपमा प्रदेश सरकारले अगाढी बढाईरहेको बताउनुभयो ।

“जनताले परिवर्तनको अनुभूति गर्ने गरी बजेट ल्याउछौं मुख्यमन्त्री भट्टले भने—“राम्रा सुरुवातलाई आत्मसात् गर्दै विगतमा देखिएका बेथितिको अन्त्य गर्ने गरि सरकार लागी परेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन लगायत प्रदेशका सबै महत्वपूर्ण क्षेत्रलाई समेटेर देखिने र महसुस गर्न सकिने गरि बजेटको व्यवस्था गरिने मुख्यमन्त्री भट्टको दाबी थियो । डडेल्धुरा जिल्लाको बार्षिक समिक्षा कार्यक्रमको उद्घाटन गर्न जिल्ला आईपुग्नु भएका मुख्यमन्त्री भट्टले संचारकर्मीहरुको प्रश्नको जवाफमा कञ्चनपुरकी १३ बर्षिया नाबालिका निर्मला पन्तका हत्याराहरुको छानबिन गरि दोशीउपर हदै सम्मको कानुनी कारबाहीका लागी प्रतिबद्ध रहेको बताउनुभयो । पछिल्लो समय बलत्कार,हत्या जस्ता घटनाहरु दिनानुदिन बढीरहेकाले यसलाई नियन्त्ररण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

मुख्यमन्त्रीलाई उद्योग बाणिज्य संघ डडेल्धुराले ज्ञापनपत्र बुझाउदै जिल्लाका सामरिक महत्वका योजनाहरुमा बजेट छुट्याउनका लागी आग्रह गर्नुभएको छ । उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष लोकराज भट्टले जिल्लाको समग्र बिकासमा भईरहेको ढिलासुस्तीका कारण ब्यबसायीहरु दिनप्रति पलायनताको अबस्था आईरहेकाले प्रदेश सरकारले बजेट बिनियोजित गर्दा पहाडको बसाई रोक्नका लागी बजेट निर्धारण गर्नुपर्ने बताउनुभयो । यसैगरी मुख्यमन्त्री भट्टले जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई जनताका कामकारबाहीहरुमा ढिला सुस्ती नगरि प्रभाबकारी सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ । जनताका गुनासा र समस्या आउने काम नगर्न कर्मचारीलाई आग्रह गर्नुहुदै उहाँले सुशासन र पारदर्शितालाई अब्लम्बन गरेर जनताको सेवा निष्ठापुर्बक लाग्न मुख्यमन्त्री भट्टको निर्देशन थियो ।


