अमरगढी पोष्ट समाचार
डडेल्धुरा भदौं १९ गते । डडेल्धुरा सदरमुकाम बसपार्कमा शुक्रबार एक औपचारिक कार्यक्रमका बिच कृष्ण जन्माष्टमीका दिन धार्मिक तथा धर्मजागरण संत्सग महोत्सबको उद्घाटन भएको छ । भगवान् श्रीकृष्णको जन्मोत्सवका अवसर पारेर धार्मिक महोत्सव तथा धर्म जागरण सत्संग महामहोत्सव २०८३ को आयोजना भएको हो । राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास तथा अक्षयकोष स्थापनार्थ आयोजना गरिएको महोत्सव अमरगढी नगरपालिका ५ स्थित राधाकृष्ण मन्दिर प्राङ्गणमा सञ्चालन भइरहेको छ ।
महोत्सब ब्यबस्थापन समितिका अध्यक्ष बासुदेब जोशीको अध्यक्षतामा भएको उद्घाटनशत्रको प्रमुख अतिथी अमरगढी नगरपालिकाका उप प्रमुख पारभती झुकाल रहनु भएको थियो ।

उक्त महोत्सब कार्यक्रममा सुदुरपश्चिम प्रदेशका पुर्ब माननिय कर्णबहादुर मल्ल,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति सुरेन्द्र अबस्थी,अमरगढी नगरपालिका वडा नं.५ का वडा अध्यक्ष टंकबहादुर क्षत्री नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष मानबहादुर साँउद लगायतले धार्मिक महोत्सबले मानबता,सेवाभाब र मानबता बिरुद्धमा हुने कृयाकलापलाई निरुत्साहित गर्दे जनजागरण ल्याउनेमा बिश्वास ब्यक्त गर्नुभएको छ ।
सनातन हिन्दुराष्ट्र भएको मुलुकमा पछिल्ला समयमा मानबता बिरुद्धका कृयाकलाप र मान्छे मान्छे बिचमा बैबभाब सिर्जना भईरहेकाले यस्ता धार्मिक सत्संग प्रबचनले धर्मप्रतिको आस्था र सस्कृतीको संरक्षण सम्बद्र्धन हुनेमा शुभकामना दिने बक्ताहरुको जोड थियो । डडेल्धुराको बसपार्कमा आयोजना गरिएको यो महोत्सबले राधाकृष्ण मन्दिर अक्षयकोष स्थापना सगैं भोटेकोशीमा भएको बिनासकारी बाढी पहिरोबाट पिडित परिवारजनलाई राहत उपलब्ध गराउने प्रतिबद्धता सहित महोत्सबको आयोजना भएको जनाएको छ ।

महोत्सवमा धार्मिक प्रवचन, सत्संग, पूजाआराधना तथा विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । महोत्सवमा डडेल्धुरा सहित आसपासका क्षेत्रबाट भक्तजन तथा श्रद्धालुहरूको सहभागिता रहने आयोजकले जनाएको छ । साथै धार्मिक आस्था र संस्कृतिको संरक्षणसँगै सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताईएको छ । यो महोत्सब भदौ १९ देखि २५ गते सम्म संचालन हुने छ । यो श्रीङगारिक तथा सत्संग धार्मिक महोत्सबमा ख्यातीप्राप्त धार्मिक गुरु तथा ब्यासले प्रबचन दिनुहुने कार्यक्रम रहेको छ । महोत्सबको उद्घाटनशत्रको संचालन आयोजक संस्थाका महासचिब एबम पत्रकार लोकेन्द्र ओझाले गनुर््भएको थियो ।




