टेकराज अवस्थी
डडेल्धुरा,असोज २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा देशभरी संचालन भएको æहामी आउँदै छौंÆ कार्यक्रम डडेल्धुरा जिल्लाका सात स्थानीय तह अन्र्तगत अमरगढी नगरपालिकामा सम्पन्न भएको छ । आगामी स्थानीय तहको निर्वाचन लक्षित पार्टीले संचालन गर्नै क्याण्डिडेट क्लब र यसको बिबिध प्राबधानका विषयमा संभावित र आकांक्षी उम्मेदवारलाई ज्ञान दिने र छरिएका भ्रमको बारेमा स्पष्ट पार्ने उद्देश्यले आश्विन २१ देखि देशैभर संचालन भएको हामी आउँदै छौं कार्यक्रमको डडेल्धुरा जिल्लाको पहिलो कार्यक्रम अमरगढी नगरपालिकामा सम्पन्न गरेको हो ।
प्रतिनिधि सभा सदश्य माननीय डा. आनन्द बहादुर चन्दको प्रमुख आथित्यतामा संचालन भएको पालिका स्तरिय समसामयिक विषयको अन्र्तक्रिया तथा क्याण्डिडेट क्लब प्रशिक्षाणात्मक कार्यक्रममा नेपालको संबिधानमा भएका व्यवस्थाहरु, राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको उद्देश्य, दलको विधान, प्रतिबद्धता र स्थानीय निर्वाचन प्रयोजनका लागि पार्टीद्वारा पारित प्रस्ताव तथा निर्धारित र निर्णित विषयबस्तुहरु, डडेल्धुराको बस्तुस्थितिका बारेमा प्रस्तुति गरिएको थियो ।
उहाँले विगतमा सत्ता केन्द्रित राजनीति स्थापित भएकोले जनतामा बितृष्णा फैलिएको र जेन्जी आन्दोलन पनि त्यसैको परिणाम भएकोले हामीलाई बिगतको पुनराबृति गर्ने छुट नभएको भन्दै अनुशासित र धेर्य भएर जनताको सेवामा समर्पित हुने जो कोहिले पनि क्याण्डिडेट क्लब मार्फत उत्तिर्ण भएर मापदण्ड पुरा गरि उम्मेदवारी दिन सक्ने बताउँनु भयो । स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दलको उममेदवार छनौट गर्ने बिधि र पद्धति बिकृत हुँदै गएकोले निर्वाचनमा सहभागि हुन चाहने व्यक्तिका लागि पार्टीले निश्चित शर्त पालना तथा प्रारम्भिक योग्यता, आधार र मापदण्ड, बिधि र प्रकृया मार्फत आकांक्षीलाई संभावित उम्मेदवारको रुपमा अघि सार्ने बताउँनु भयो ।
स्थानीय तहको निर्वाचनमा आकांक्षी मात्र भएर नपुग्ने त्यसका लागि पार्टीले अंगिकार गरेको सिद्धान्तलाई आत्म साथ गर्दै आकांक्षीको आफ्नो विगतको ईतिहास, व्यवहार, अनुशासन, समाजमा रहेको सकारात्मकता, सक्रियता, व्यक्तिगत आचरण र मूल्य मान्यताको मर्यादा पालन लगायत आफ्ना विविध विषय र बारेमा पनि सोच्न डा. चन्दले आग्रह समेत गरेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी डडेल्धुरा जिल्ला कमिटि उपसभापति मदन सिंह धामीको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश कमिटि सदश्य धर्मराज जोशी, सुरेश विश्वकर्मा, गणेश बहादुर सिंहले पनि क्याण्डिडेट क्लबका बिभिन्न आयाम सहित शुभकामना मन्तव्य राख्नु भएको थियो । अमरगढी नगरपालिका अन्र्तगतका ११ वटै वडाका पदाधिकारी, सदश्यहरु, साधारण सदश्यहरु, निर्वाचनमा उम्मेदवारी दिन चाहने आकांक्षीहरु तथा विभिन्न तहतप्कामा कार्यरत नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको प्रशिक्षण कार्यक्रम आसनन चुनाव लक्षित गतिबिधिहरु जिल्लाका राजनीतिक कार्यक्रमहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रणि देखिएको छ भने पार्टीको जिल्ला कमिटीले २४ गते अजयमेरु र भागेश्वर गाउँपालिका, २५ गते गन्यापधुरा र नवदुर्गा गाउँपालिका, २६ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिका गरि चार दिनको कार्यक्रम तय गरेको छ ।



