आफ्नो मोबाईल हराओस् भनेर कसैले पनी चाहेको हुदैन । थाहै नपाई हराउने हो । कसैगरी आफुले वर्षौदेखी चलाउदै आएको मोबाईल हरायो भने के हालत होला र? लामो समयदेखी सम्पर्कमा आईरहेका व्यक्तिहरुलाई फेरीपनी कसरी सम्पर्क गर्ने रु आफ्ना आफन्त, साथीभाई ईष्टमित्र मात्रै हैन कार्यालयका महत्वपुर्ण व्यक्तिहरुलाई पनी सम्पर्क गर्नुपर्ने हुन्छ । फेरी मोबाईलमै नम्बर सेभ गर्ने सुविधाले फोन नम्बर कण्ठस्थ गर्ने बानी पनी त हुदैन ।
कसैगरी मोबाईल हरायो भने शरिरको एक अगं प्यारालाईसिस भए सो सरह नै हुन्छ । धेरै काम चौपट्ट नै हुन्छ । यस्तो अवस्थामा मोबाईल त हरायो हरायो तर सेभ गरिएको नम्वर मात्रै पाएपनी धेरै खुसी हुनेथे भन्नेहरु त धेरै भेटिन्छन् । मोबाईल हराएर महत्वपुर्ण नम्बर तथा अन्य सामाग्रीहरु गुमाउनु नपरोस् भन्नको लागी अहिल्य नै तपाईले कम्प्युटरको माध्यमवाट फाईल कपी गरेर सुरक्षित राख्न सक्नुहुन्छ । छैन त अचम्म ?
मोबोजिनिई (Mobogenie) ले तपाईको फोन प्रयोगलाई धेरै सहज र सरल बनाउने काम गर्न सक्छ । यो एप्सको माध्यमवाट तपाईले आफ्नो फोन नम्वर लगायतका महत्वपुर्ण डाटा कम्प्युटरमा व्याकअपको रुपमा राख्न सक्नुहुन्छ । हजारौ एसएमएसहरु छन् भने सजिलै महत्वका आधारमा कम्प्युटरमै सुरक्षिर र म्यानेज गर्न सक्नुहुन्छ ।
अझ अर्को मज्जाको फाईदा भनेको यो एप्सवाटै आफुलाई मन परेका गित, भिडियो एवं फोटो डाउनलोड गर्न, गेम खेल्न सकिन्छ । यो एप्सको फाईदा यतिमै मात्र सकिदैन, मोबोजिनिईले भनेको छ, सहज एवं सरल तरिकाले मोबाईल प्रयोग गर्न यो एप्स उपयुक्त छ । नि:शुल्क डाउनलोड गर्न मिल्ने यो एप्सको प्रयोग भने एन्ड्रोईड अपरेटिङ सिस्टमको मोबाईलवाट मात्र प्रयोग गर्न सकिन्छ ।
