Amargadhi Post

महिला भलिबल लिगका लागि खेलाडी अक्सन हुने

अमरगढी पोष्ट समाचार
काठमाडौँ, असार ३० गते । नेपालको भलिबल इतिहासमै पहिलो पटक महिला फ्रेन्चाइज भलिबल लिगको लागि खेलाडीको अक्सन हुने भएको छ । वात्सल्य एभरेष्ट महिला भलिबल लिग ९इडब्लुभीएल०को दोस्रो संस्करणका लागि साउन २ गते अक्सन हुन लागेको हो । महिला भलिबलमा यो ऐतिहासिक क्षण हुने लिग आयोजक इन्फिनिटी ड्रिम्सले जनाएको छ ।

प्रत्यक्ष बोलकबोल प्रणालीमार्फत फ्रेन्चाइज टोलीले राष्ट्रिय र नवप्रतिभावान् खेलाडीलाई आफ्नो टोलीमा अनुबन्धको अवसर पाउनेछन् ।

काठमाडौँमा हुने अक्सनमार्फत महिला भलिबल नयाँ युगमा प्रवेश गर्ने आयोजकको विश्वास छ । अक्सनलाई महिला भलिबलको व्यावसायिक यात्राको महत्वपूर्ण मोडको रूपमा हेरिएको छ ।

‘‘नेपाली भलिबलमा यो ऐतिहासिक कार्यक्रम हुनेछ । पहिलो पटक महिला भलिबल लिगका लागि अक्सन हुन लागेको हो,’’ इन्फिनिटी ड्रिम्सकी सिईओ स्नेभी चापागाईंले भन्नुयो ।

भदौ २० गतेदेखि सुरु हुने इडब्लुभिएलको दोस्रो संस्करणमा साविक विजेता कर्णाली यशवीससहित ।गण्डकी थन्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काडमाडौँ स्पाइकर्स र मधेश युनाइटेडको सहभागिता रहनेछ । पहिलो संस्करणको उपाधि कर्णाली यशवीसले जितेको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।