Amargadhi Post

डडेलधुराको सडक सीमा १५ मिटर कायम गर्न सरकारलाई सिफारिस

लक्ष्मी ऐर
डडेलधुरा, साउन ८ गते। डडेलधुरामा दुई दिनसम्म चलेको सरोकारवालाहरूको विस्तृत छलफलपछि जिल्लाभित्र पर्न स्याउले–अनारखोली सडक खण्डमा सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ १५/१५ मिटर राइट अफ वे -सडक सीमा) कायम गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।
सडक सीमासम्बन्धी अन्योल हटाउने, विकास निर्माणका कार्यलाई सहज बनाउने तथा स्थानीय नागरिकको हितलाई ध्यानमा राख्दै छलफलमा सडक विस्तार, मुआब्जा, स्थानीय बासिन्दाको समस्या, विद्यमान कानुनी व्यवस्था तथा दीर्घकालीन विकासका लागी बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीको अध्यक्षतामा प्रतिनिधिसभा सदस्य डा. ताराप्रसाद जोशी, हरिनादेवी कामी, जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी, अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशी प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्याय लगायत राजनीतिक दलका प्रतिनिधि, व्यवासयी सम्पुर्ण सरोकारवालाहरुको सहभागिता रहेको थियो।
बैठकमा नेपाल सरकारले निर्धारण गरेको मध्यपहाडी राजमार्गअन्तर्गत साविक महाकाली राजमार्गको स्याउले–अनारखोली सडक खण्डको सडक सीमाबारे विस्तृत छलफल गरिएको थियो। यसअघि सडक डिभिजन कार्यालय डोटीले सडकको केन्द्रबिन्दुबाट १५/१५ मिटर क्षेत्र अधिग्रहण गरी मुआब्जा वितरण गरिसकेको, सर्वोच्च अदालतको २०६६ वैशाख १३ गतेको फैसला, अमरगढी नगरपालिकाको निर्णयगरेको थियोे। उक्त निर्णय कार्यान्वयनका लागि सडक डिभिजन कार्यालय कुलपातेमार्फत सडक विभाग र नेपाल सरकारसमक्ष आवश्यक सिफारिस गर्ने जिम्मेवारी पनि दिएको छ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी अमरगढी नगरपालिकाले सडकको केन्द्रबिन्दुबाट १५/१५ मिटर पछाडि निर्माण भएका घरजग्गाको नक्सापास गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चन्द्रबहादुर रोकायाले जानकारी दिनु भयो ।
अमरगढी नगरपालिको समन्वयमा बागबजार–बगरकोट–सिराड–रुपाल सडकअन्तर्गत पिचल चौतारीदेखि आँखा अस्पतालसम्मको सडक खण्डमा दायाँ–बायाँ १०/१० मिटर कायम गर्न पूर्वाधार विकास कार्यालय डडेल्धुरामार्फत सुदूरपश्चिम प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।