अमरगढी पोष्ट समाचार
डडेल्धुरा,असोज ११ गते । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले छाडेको छ ।
पक्राउ पुर्जिबिनै मध्यरातमा घरबाट गिरफ्तार गरिएका राणालाई पक्राउ गर्नुको कारण नै नखुलाई भर्खरै छाडिएको हो । प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयको ठाडो आदेशमा राणालाई पक्राउ गरिएको स्रोतको भनाइ छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार उनलाई परिवारको जिम्मामा घर पठाउन लागिएको छ ।
‘उहाँ घर जानुहुन्छ, पठाउने तयारी हुँदैछ’, कार्कीले भने ।


