Amargadhi Post

एमाले डडेल्धुराले भोली जिल्लाका ५१ वटै वडामा अधिबेशन गर्दे

मानबहादुर साँउद
डडेल्धुरा,कार्तिक,११ गते । नेकपा एमाले डडेल्धुराले भोली शुक्रबार जिल्लाका ५१ वटै वडामा आफनो वडा अधिबेशन गर्देछ । सुदुरपश्चिममा बाढी पहिरोका कारण केन्द पार्टिले तोकेको वडा अधिबेशनको समय सिमा सारिएपछि भोली जिल्लाभर अधिबेशन हुदैछ ।
एमाले डडेल्धुराका अध्यक्ष पकाशबहादुर साँउदले एक पेश बिज्ञप्ती जारी गर्दे कार्तिक भोली वडा अधिबेशन र १५ गते गाँउपालिका र नगरपालिका अधिबेशन हुन गईरहेकोले सम्पुर्ण नेता कार्यकर्ताहरुलाई सकृय सहभागिता जनाउन अनुरोध गरेको छ ।
डडेल्धुरा जिल्लाको भागेश्वर गाँउपालिकाको वडा नं. ४ को वडा अधिबेशन भब्यताका साथ सम्पन्न भएको थियो । जिल्लाका ५१ वटा वडामा भोली अधिबेशन हुन गईरहेको एमाले डडेल्धुराले जनाएको छ । वडा अधिबेशनका लागी जिल्लाका नेता कार्यकर्ताहरु आफनो वडा अधिबेशनमा भाग लिन गाउ पुगी सकेका छन । एमाले फुटपछिको पहिलो वडा अधिबेशनमा बिभिन्न पार्टि परित्याग गरि एमाले पबेशको लहर बढीरहेको छ ।
एमाले केन्दीय सदश्य एबम डडेल्धुरा इन्चार्ज राजेन्द रावलले एमालेमा भएका फुट थोरबहुत क्षती भएपनि अन्य पार्टिबाट पबेश गर्ने लहरले एमाले पहिलो शक्ति बन्नेबाट कसैले रोक्न नसक्ने बताउनु भएको छ ।
पार्टिले डडेल्धुरा इन्चार्जका रुपमा जिम्मेवारी दिएर पठाएपछि रावलले जिल्लामा सुस्ताएको एमालेलाई जुरुक्क उठाउन महत्वपुर्ण भुमिका खेलेको नेता कार्यकर्ताहरु बताउछन ।
एमाले भित्र कुनै बिबाद छैन संगठनलाई दुर्तगतिमा अघि बढाउन जिल्ला नेताहरु योजना निर्माण गरि गांउ पस्नुको बिकल्प नभएको नेता रावलको भनाई छ ।
नौ सय संगठित सदश्य रहेको एमाले डडेल्धुरामा एक बर्षको अबधीमा मात्रै तिनहजार दुई सय संगठित सदश्यता थपिएको एमाले डडेल्धुराले जनाएको छ । एमाले डडेल्धुराको अध्यक्षको नँया जिम्मेवारीमा पकाश साँउद आएपछि संगठनले गति मात्रै लिएनकी एमाले पार्टि परित्याग गरि अन्य पार्टि पबेश गरेकाहरु पछिल्लो समय धमाधम पार्टि सदश्यता नबिकरण गरेका छन ।
पार्टि भित्रको चरम गुटबन्दीका कारण अन्यत्र पार्टि पबेश गरेकाहरु एमाले भित्रका संस्थापन देखि लामो समय एमालेको संगठन निर्माणमा कृयाशिल रहेकाहरु र जिम्मेवारी बिहिन भएपछि निष्कृय बनेकाहरुले जिम्मेवारी पाएपछि पार्टि संगठनको काम दृर्तगतिमा अघि बढेको छ । नेकपा माओबादी केन्दबाट जिल्लामा स्थापित नेताहरु पदम जोशी (बिप्लब) धनबहादुर धामी (बिबेक) भित्रीमद्येशका युबा नेता कृष्ण बिष्ट,पेश संगठनका नेता करन तामाकार लगायतका दर्जनौं नेता कार्यकर्ताहरु नेकपा हुदै एमाले पार्टिमै सकृयभएपछि एमाले डडेल्धुराले गतिलिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।