Amargadhi Post

संविधानका मूल मर्म व्यवहारमा कार्यान्वयन गर्नुपर्छ ः मुख्यमन्त्री भट्ट

हरेन्द्र साउद
कैलाली,असोज ३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा संविधानका मूल मर्म र भावनालाई व्यवहारमा अक्षरसह कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ । संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले संविधान निर्माण तथा लोकतान्त्रिक अधिकार प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा उच्च सम्मान व्यक्त गरेका छन् ।
उनले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थारू आन्दोलन लगायतका संघर्षबाट प्राप्त उपलब्धिको स्मरण गर्दै सहिदहरूको त्याग, बलिदान र योगदानलाई सम्मान गर्नुपर्ने उल्लेख गरेका छन् । संविधानको मूल मर्म र भावनालाई व्यवहारमा कार्यान्वयन गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ । मुख्यमन्त्री भट्टले संविधानले सुनिश्चित गरेका लोकतन्त्र, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समानता र समावेशिताका मूल्य-मान्यतालाई संस्थागत गर्दै समृद्ध, आत्मनिर्भर र न्यायपूर्ण समाज निर्माणतर्फ अघि बढ्‌नुपर्ने बताएका छन् ।
शुभकामना सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सुदूरपश्चिमेली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । मुख्यमन्त्री भट्टले संविधान दिवसले सबैलाई एकजुट भएर अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छासमेत व्यक्त गरेका छन् । सन्देशमा मिति २०८३ असोज ३ गते उल्लेख गरिएको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।