Amargadhi Post

सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ – सुनचाँदीको भाउ मंगलबार घटेको छ । सुन मंगलबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन तोलाको ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी पनि मंगलबार तोलामा १० रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।