Amargadhi Post

एमाले परशुरामले अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गर्दे संबिधान दिवस मनाउने

 लक्ष्मी ऐर 
डडेल्धुरा असोज ३ गते । नेकपा एमाले परशुराम नगर कमिटिको आयोजनामा जोगबुढा अस्पतालमा रहेका बिरामीहरुलाई सबिधान दिवसको अबसरमा फलफुल बितरण गर्ने भएको छ । शनिबार बिहान ९ बजे जोगबुढा अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गर्दे सबिधान दिवसलाई उत्सबका रुपमा मनाउन लागेको हो ।
असोज ३ गते आजकै दिन देशमा लोकतान्त्रिक सबिधान जारी भएको दिन हो जनताले लोकतन्त्र र सबिधान प्राप्त गरेको दिनलाई उत्सबका रुपमा मनाउनका लागी नेकपा एमाले परशुराम नगर कमिटी जोगबुढाले निर्णय गरेको जनाएको छ ।
नेकपा एमाले नगर कमिटि अध्यक्ष ओमप्रकाश जोशीले एक बिज्ञप्ती जारी गर्दे लोकतान्त्रिक संबिधान प्राप्त गर्नका लागी आहुति गर्नुभएका सम्पुर्ण सहिदहरु प्रति श्रदाञ्जली ब्यक्त गर्दे उहाँहरुले देखाएको बाटोलाई आत्मसाथ गर्दे सबिधान दिवसमा सबै स्वदेशी तथा बिदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक शु्भकामना ब्यक्त गर्नुभएको छ ।
सहिदहरुको बलिदानीले प्राप्त लोकतन्त्रको संस्थागत गर्दे शुसासन पारदर्शिता र जवाफदेही सरकार आजको आबश्यकता भएको भन्दै सबिधानले प्राप्त गरेका हक अधिकारहरु सुरक्षित हुन प्रेरणा मिल्ने अपेक्षा गरेका छौं ।
परशुरमा नगर कमिटिले लोकतन्त्रप्रेमी जनसमुदायहरुलाई संबिधान दिवस भब्यताका साथ मनाउन जो जहाँ छौं त्यहीबाट भएपनि दिवस मनाउन आह्वान गर्नुभएको छ । संबिधान र लोकतन्त्रलाई चुनौती दिन केही तत्वहरु सल्बलाई रहेको परिबेशमा दलहरुभित्रको एकता र लोकतन्त्र प्रतिको अठोट भरौसालाई टुट्न नदिन सबै पक्ष गम्भिर हुनुपर्नेमा नेकपा एमाले परशुराम कमिटि इन्चार्ज हरिप्रशाद भट्टले बताउनुभयो । लोकतन्त्र र संबिधान हाम्रो प्राण हो यसलाई संस्थागत गर्दे अझ बलियो,भरपर्दाे र जनजनको बिश्वास कायम गराउनु अपरिहार्य रहेको भट्टको भनाई छ । सबिधान दिवसका देशभर बिभिन्न कार्यक्रम गरि उत्सबका रुपमा मनाईदैछ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।