अमरगढी पोष्ट समाचार
काठमाण्डौं,असोज,२ गते । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त गर्न विभिन्न क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरूको नाम सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ मुलुकका लागि प्रस्तावित राजदूतहरूको नाम सिफारिस गरेको हो .
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार विभिन्न क्षेत्रको अध्ययन, अनुसन्धान, विज्ञता तथा नेतृत्व अनुभव भएका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरिएको हो .
सरकारले अब प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाउनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो स्वीकृति मागिनेछ। अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ।
प्रस्तावित राजदूतहरूको सूची
१। डा। निश्चलनाथ पाण्डे ः भारत
२। डा। कल्याणराज शर्मा ः चीन
३। चिरनजंग थापा ः संयुक्त राज्य अमेरिका
४। पूर्वप्रधानसेनापति गौरवशशमशेर जबरा राणा -अवकाशप्राप्त) – संयुक्त अधिराज्य ) युके
५। जिग्यानकुमार थापा ः जापान
६। सुरेशकुमार कर्ण ः इजरायल
७। प्राप्ति शेरचन ः स्पेन
८। शरू जोशी ः जर्मनी
९। डा। पद्माक्षी राणा ः ओमान
१०। चूडामणि खरेल स् मलेसिया
११। प्रा। डा। संगम श्रेष्ठ स् दक्षिण कोरिया
१२। डा। मञ्चला झा स् श्रीलंका
१३। गिरिबहादुर सुनार स् साउदी अरेबिया



