Amargadhi Post

डडेल्धुरामा ट्राफिक चेतना अभिवृद्धिका लागि डडेल्धुरास्थित भिमदत्त राजमार्गमा ‘सडक र बूडर–जोगबूडा सडकखण्डमा होर्डिङबोर्ड’ जडान गरिएको छ । आलिताल गाउँपालिका डडेल्धुराको सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेको सौजन्यमा दुई राजमार्गमा १६ वटा सडक होर्डिङबोर्ड जडान गरिएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए । होर्डिङबोर्डले सडक दुर्घटना न्यूनीकरणका साथै चालक तथा यात्रुहरुको ट्राफिक चेतनामा वृद्धि हुने अपेक्षाले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई होर्डिङबोर्ड हस्तातरण गरिएको आलिताल गाउँपालिका अध्यक्ष गुरुङले बताए । दुर्घटनाको जोखिम रहेको राजमार्ग रहेकाले अलिताल गाउँपालिकामा होर्डिङबोर्ड माग गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक देवबहादुर खत्रीले बताए । यसअघि गन्यापधुरा गाउँपालिकाले ६ वटा होर्डिङबोर्डमा सन्देशमूलक सूचना समावेश गरी राखेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।